close

हेटौंडाको मुख्य सडक विस्तारमा संघको अवरोध

हेटौंडाको मुख्य सडक विस्तारमा संघको अवरोध

Trulli
ADVERTISEMENT

वाग्मती– संघीय सरकारको असहयोगका कारण हेटौंडाको मुख्य सडक फराकिलो बनाउन नसकिएको हेटौंडा उपमहानगरपालिकाले जनाएको छ । अन्य जिल्लाका मुख्य शहरका सडक फराकिलो भए पनि हेटौँडाको सडक फराकिलो पार्ने कार्यमा अवरोध हुँदै आएको थियो । तर, अहिले अधिकांश स्थानीयवासी सडक फराकिलो पार्नुपर्ने पक्षमा रहेपनि संघ सरकारले जिम्मेवारी नदिँदा काम हुन नसकेको हेटौंडा उपमहानगरपालिकाका प्रमुख हरिबहादुर महतले बताए । 

 

हेटौँडा उपमहानगरपालिकाका प्रमुख महतले महेन्द्र राजमार्ग र त्रिभुवनराजपथ कुनैपनि हालतमा फराकिलो बनाउनुपर्नेमा जोड दिए ।  उनले  दुबै सडक विस्तार गर्न  संघीय सरकारसमक्ष अनुरोध  गरिने बताए । 

 

यी सडक २५÷२५ मिटर फराकिलो पार्न सर्वोच्च अदालतले आदेश दिएको छ । तर, राजमार्ग संघ सरकार मातहत भएकाले उपमहानगरपालिकाले हस्तक्षेप गर्न नसकेको प्रमुख महतले बताए । प्रमुख महतले भने, ‘कानुनी अवरोध हटिसकेको र विस्तारको क्रममा भत्किने घरका धनीले पनि सहमति जनाइसकेकाले संघ सरकारले अवरोध नगर्ने हो भने उपमहानगरले तत्काल सडक फराकिलो बनाउन काम सुरु गर्नसक्छ ।’ 

 

प्रमुख महत पहिले नै घर निर्माण गर्दा सडकलाई चाहिएको समयमा बिना मुआब्जा भत्काउछु भनेर सहिछाप गरेकाले अहिले बिरोध गर्नेहरूले सडक फराकिलो पार्ने काममा  सहयोग पुर्‍याउनुपर्ने  बताउँछन् ।  राजमार्ग फराकिलो बनाउँदा उपमहानगरका २ सय ७८ घर भत्किनेछन् । 

 

उनले राजमार्गको बीचबाट दायाँबायाँ २५\२५ मिटर सडक विस्तार गर्न उपमहानगरपालिकाको कार्यपालिका बैठक र नगरसभाले निर्णय गरेर संघीय सरकारलाई अनुरोध गर्दा पनि सुनुवाइ नभएको भन्दै गुनासो गरे ।