close

गरिमामा ‘गरिमा तिजको लहर’ टिकटक प्रतियोगिता

गरिमामा ‘गरिमा तिजको लहर’ टिकटक प्रतियोगिता

Trulli
ADVERTISEMENT

काठमाडौं– गरिमा विकास बैंकले आउँदै गरेको नेपाली नारीको हरितालिका तिज पर्वलाई लक्षित गरी ‘गरिमा तिजको लहर’ टिकटक प्रतियोगिता आयोजना गर्ने भएको छ । टिकटक प्रतियोगितामा नेपालभित्र रहेका सबै दिदीबहिनीले भाग लिन सक्ने बैंकले बताएको छ । 


प्रतियोगीले तिज पर्वलाई सकारात्मक तरिकाले व्याख्या गर्ने कुनै पनि गीत अथवा कन्सेप्टमा टिकटक भिडियो बनाउनुपर्नेछ । पर्वको मर्मविपरीत बनेका वाउ उच्छृंखल भिडियोलाई विजेताको रूपमा छनोट गरिने छैन । प्रतियोगिताका विजेताले ९ हजार, उप–विजेताले ६ हजार र तेस्रो हुनेले ३ हजार रुपैयाँ जित्न सक्ने बैंकले जानकारी दिएको छ ।


राम्रो कन्सेप्टमा बनेको भिडियोले २ हजार रुपैयाँ जित्न सक्नेछ । विजेता घोषणा भिडियोमा आउने लाइकको आधारमा हुनेछ । बैंकले १० भदौदेखि २४ भदौसम्मको समयभित्र टिकटक प्रतियोगीले भिडियो पठाउनुपर्ने समयसीमा तोकेको छ ।