close

राप्तीमा वडा तहदेखि योजना समीक्षा 

राप्तीमा वडा तहदेखि योजना समीक्षा 

Trulli
ADVERTISEMENT

दाङ– दाङको राप्ती गाउँपालिका कार्यालयले गत आर्थिक वर्षको योजना तथा कार्यक्रमको समीक्षा गरेको छ । राप्ती गाउँपालिकाका ९ वटै वडा कार्यालयको समीक्षा तथा शाखाको प्रगति प्रतिवेदन प्रस्तुत गरिएको हो ।


राप्तीका सरोकारवालाको उपस्थितिमा भएको समीक्षामा गत आर्थिक वर्षमा वडा तथा शाखाले सञ्चालन गरेका योजना तथा कार्यक्रमबारे जानकारी गराइएको थियो ।


राप्ती गाउँपालिका अध्यक्ष नुमानन्द सुवेदीको अध्यक्षतामा भएको समीक्षा कार्यक्रमका लागि पालिकाले सार्वजनिक रूपमा नागरिक तथा सरोकारवालालाई कार्यक्रममा सहभागिताका लागि आग्रह गरेको थियो । 


कार्यक्रममा वडा तथा शाखागत रूपमा प्रस्तुत गरिएको प्रगति प्रतिवेदनमाथि सहभागीले सल्लाह, सुझाव दिएका थिए । गत आर्थिक वर्षको समीक्षा कार्यक्रममा अध्यक्ष सुवेदीले राप्तीले प्रकाशन गरेको यो आर्थिक वर्षको योजना तथा कार्यक्रम पुस्तक, प्रधानाध्यापक शिक्षक डायरी र गत आर्थिक वर्षको प्रगति प्रतिवेदन पुस्तक विमोचनसमेत गरेका थिए ।


समीक्षा कार्यक्रममा वडा नम्बर १ देखि ९ सम्मका वडा सचिव राजेन्द्र पौडेल, सीता आचार्य, दामोदर पोखे्रल, असलेख चौधरी, मंगलप्रसाद चौधरी, सञ्चिता पौडेल, शान्ता केसीको सहभागिता थियो ।


यस्तै, शाखा प्रमुख विश्वास विक, नारायण राउत, महेश अधिकारी, वासुदेव खनाल, रेशमराज अधिकारी, शेर बहादुर हमाल, अशोक बेल्वासे, प्रदीप वैदिक, नारायणबहादुर राउत, विकास ज्ञवाली, तिर्थराज ज्ञवाली, बाल चन्द्र गुरुङ, मुमाराम भुसाल, गीता चौधरी, टीका बस्नेत, जीवनकुमारी जिसी, सुवास भट्टराईलगायतले वडागत तथा शाखागत प्रतिवेदन प्रस्तुत गरेका थिए । 


समीक्षा कार्यक्रममा गत आर्थिक वर्षको कामको मूल्यांकनका आधारमा गाउँपालिकामा कोभिड–१९ मा फ्रन्ट लाइनमा रहेर उत्कृष्ट काम गरेबापत ८ स्वास्थ्य कर्मचारी र दीर्घ सेवा गर्ने ४ कर्मचारीलाई दीर्घसेवा सम्मान र पेसागत समर्पणतर्फ ८ जना कर्मचारीलाई सम्मान गरिएको थियो । 


दीर्घसेवा सम्मानद्वारा गाउँपालिकाले कृषि विकास अधिकृत महेश अधिकारी, लेखा अधिकृत धनप्रसाद शर्मा, सिसहनिया स्वास्थ्य चौकीका सिनियर अहेब धनबहादुर खड्का र महिला विकास निरीक्षक जीवनकुमारी जिसीलाई सम्मान गरियो ।


कोभिड–१९ मा फ्रन्ट लाइनमा रहेर उत्कृष्ट काम गरेबापत सम्मान प्राप्त गर्ने स्वास्थ्यकर्मीमा लालमटिया स्वास्थ्य चौकीका मेडिकल अधिकृत डा. पुष्प भुसाल, सिसहनिया स्वास्थ्य चौकीका मेडिकल अधिकृत डा. रेगनसिंह थापा, सिनियर अनमी रमा पौडेल, हेल्थ असिस्टेन्ट निमबहादुर रावत, ल्याब असिस्टेन्ट रमेश चौधरी, कार्यालय सहयोगी डम्बरबहादुर जिसी, एम्बुलेन्स चालक वीरबहादुर नेपाली र शत्रुधन चौधरी रहेका छन् । 


गाउँपालिकाको गत आर्थिक वर्षको कार्य सम्पादन मूल्यांकनका आधारमा पेसागत समर्पण सम्मानतर्फ शिक्षा शाखा प्रमुख शिक्षा अधिकृत विश्वास विक, सञ्चार संयोजक तीर्थराज ज्ञवाली, पशु स्वास्थ्य प्राविधिक पाँचौँ कमल पुन मगर, प्राविधिक सहायक कृषि पाँचौँ सीमा भट्ट, असिस्टेन्ट सब–इन्जिनियर मनीषलाल चौधरी, कार्यालय सहयोगी बनारसी चौधरी, शिवलाल सुवेदी तथा हलुका सवारी चालक निर्मल शर्मालाई सम्मान गरिएको छ ।