close

देशका विभिन्न स्थानमा बाढी\पहिरो, कहाँ कति क्षति ? 

देशका विभिन्न स्थानमा बाढी\पहिरो, कहाँ कति क्षति ? 

Trulli
ADVERTISEMENT

काठमाडौं– देशका विभिन्न स्थानमा लगातारको पहिरो तथा बाढीबाट विभिन्न जनधनको  नष्ट भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । 

 

कहाँ कति क्षति ? 

 

ताप्लेजुङ– आठराई त्रिवेणी गाउँपालिका–१ ढाडेस्थित श्री सिंहदेवी आधारभूत विद्यालयमा शुक्रबार बिहान पहिरो जाँदा करिब  १५ लाख रुपैयाँ बराबरको विभिन्न धनमाल नष्ट भएको छ । 

 

कैलाली– चुरे गाउँपालिका–५ काफलगैरा टोलको जमिन भासिँदा २५ घरपरिवार जोखिममा परेका छन् । यस्तै जानकी गाउँपालिका–४का गिर्धरपुर, टावरटोल र वेलपुरका गरी जम्मा ८० घरधुरी र सोहीगाउँपालिका–७ का जवलपुर, शङ्करपुर र फरैलाका गरी जम्मा ५८ घरधुरी अविरल वर्षाका कारण आएको बाढीले डुबानमा परेका छन् । डुबान भएको भन्ने खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय टीकापुरबाट आवश्यक समन्वय एवं उद्धार कार्य भइरहेको छ । 

 

नवलपरासी (पश्चिम)– तुरिया खोला र झरै खोलामा शुक्रबार आएको बाढीले परासी बजारलगायतका बस्ती तथा सरकारी कार्यालय र जिल्ला प्रहरी कार्यालय नवलपरासी डुबानमा परेका छन् । 

 

रुपन्देही– अविरल वर्षाले शुक्रबार आएको बाढीले तिलोत्तमा नगरपालिका–१४ भुडकेपानीमा तीन घर,  ओमसतिया गाउँपालिका–१ कोटागाउँमा एक घर, बुटवल उपमहानगरपालिका–१२ सिर्जना टोल बस्ने हरि ढकालको एक घर र  कञ्चनगाउँपालिका–३ स्थित १० घरमा क्षति भएको छ । 

 

यस्तै देवदह नगरपालिका–३ वसन्तपुरस्थित तिलोत्तमा नगरपालिका–८ बस्ने अमृत थापाको यसकेसी बाख्राफार्म रोहिणी खोलामा आएको बाढीले डुबाउँदा ४३ वटा ब्राखा मरेका छन् ।

 

कञ्चनपुर–अविरल वर्षाका कारण कृष्णपुर नगरपालिका–५ पवित्रा बस्तीस्थित मोहना नदीमा आएको बाढीले १० घर डुबानमा परेका छन् । यसैगरी सोही नगरपालिका–५ बेलकुण्डी सिविरस्थित मछली नदीमा आएको बाढीले १२ घर डुबान परेका छन् भने सोही नगरपालिका–२ बस्ने यज्ञराज पन्तको महारुद्र भुसा इँटा उद्योगको रु पाँच लाख ४० हजार बराबरको चार कठ्ठा जमिन कटान गरेको छ । 

 

महोत्तरी– बलवान गरपालिका–४ तिरधरस्थित रातु खोलामा आएको बाढीले बाँध फुटाई सोही ठाउँस्थित बस्तीमा पस्दा करिब ९०० घरमा क्षति पुगेको छ । पहिरो तथा बाढीबाट प्रभावित क्षेत्रमा नजिकैको प्रहरी कार्यालयबाट खटिएको प्रहरीले स्थानीय बासिन्दा तथा विभिन्न सङ्घसंस्थाको सहयोगमा उद्धारकार्य गरिरहेको छ ।