close

४८ जिल्लाका क्रियाशील सदस्यको नामावली प्रकाशित

४८ जिल्लाका क्रियाशील सदस्यको नामावली प्रकाशित

Trulli
ADVERTISEMENT

काठमाडौँ –  नेपाली कांग्रेसको क्रियाशील सदस्यता छानविन समितिले क्रियाशील सदस्यहरूको नाम पार्टीको वेबसाइटमा प्रकाशित गरेको छ । समितिले विवाद टुंगिएका जिल्लाका क्रियाशील सदस्यको नामावली पार्टीको वेबसाइटमा प्रकाशित गरेको हो । 

 

कांग्रेस निर्वाचन निर्देशिका २०७८ को दफा १ (ख) बमोजिम केन्द्रीय निर्वाचन समितिले पार्टीको वेवसाइटमा नामावली प्रकाशित गरेको समिति संयोजक महादेवप्रसाद यादवले बताए । साथै सम्बन्धित जिल्लाहरूमा जिल्ला निर्वाचन अधिकृतहरूलाई समेत खटाइसकिएको यादवले जानकारी दिए । विवाद रहेका केही जिल्लामा चाँडै नै विवाद समाधान गरिने यादवको भनाइ छ ।

 

क्रियाशील सदस्यताको नामावली प्रकाशित गरिएका जिल्लाहरू :
 

१. ताप्लेजुङ
२. पाँचथर
३. इलाम
४. संखुवासभा
५. तेह्रथुम
६. खोटाङ
७. सोलुखुम्बु
८. ओखलढुंगा
९. उदयपुर
१०. झापा
११. दोलखा
१२. रामेछाप
१३. सिन्धुली
१४. भक्तपुर
१५. गोरखा
१६. लम्जुङ
१७. तनहुँ
१८. कास्की
१९. मनाङ
२०. मुस्ताङ
२१. पर्वत
२२. स्याङ्जा
२३. म्याग्दी
२४. नवलपुर (बर्दघाट सुस्तापूर्व)
२५. नवलपरासी (बर्दघाट सुस्तापश्चिम)
२६. रूपन्देही
२७. पाल्पा
२८. रुकुम (पूर्वी भाग)
२९. रोल्पा
३०. रुकुम (पश्चिम भाग)
३१. जुम्ला
३२. मुगु
३३. हुम्ला
३४. बझाङ
३५. डोटी
३६. दार्चुला
३७. बैतडी
३८. कञ्चनपुर

क्रियाशील सदस्यताको नामावली शुक्रबार प्रकाशित गरिएका जिल्लाहरू :

३९. धनकुटा
४०. भोजपुर
४१. गुल्मी
४२. प्यूठान
४३. दाङ
४४. सल्यान
४५. कालिकोट
४६. जाजरकोट
४७. दैलेख
४८. अछाम