close

आइतबार दलको नेता चयन गर्दै नेकपा एकीकृत समाजवादी 

आइतबार दलको नेता चयन गर्दै नेकपा एकीकृत समाजवादी 

Trulli
ADVERTISEMENT

काठमाडौँ – नेकपा (एकीकृत समाजवादी) ले आइतबार संसदीय दलको नेता चयन गर्ने भएको छ । नेकपा एमाले विभाजन गरेर माधव नेपालले चार भदौमा दर्ता गरेको यो पार्टीले निर्वाचन आयोगबाट बुधबार दल दर्ताको प्रमाण पत्र पाएको थियो ।

 

केन्द्रीय कमिटी र स्थायी कमिटीको अस्थायी रूपमा टुंगो लगाएको यो पार्टीले संसदीय दलको नेता चयन गरेको छैन । एकीकृत समाजवादीले दलको नेता चयन गर्न आइतबार संसदीय दलको बैठक बोलाएको छ ।

 

यसपछि संसदीय दलको नेताले उपनेता, प्रमुख सचेतक र सचेतक चयन गर्नेछ । एकीकृत समाजवादीमा प्रतिनिधिसभामा २३ र राष्ट्रियसभामा सात सांसद छन् । तर पार्टीमा ३५ जना सांसद रहेको पार्टी नेताहरूको दाबी छ ।

 

यसैबीच शुक्रबार बसेको स्थायी कमिटीको बैठकले पार्टी सरकारमा जाने निर्णय गरेको छ । यो निर्णयसँगै प्रधानमन्त्री शेरबहादुर देउवालाई मन्त्रिपरिषद् विस्तारको बाटो खुलेको छ ।