close

सिटी एक्सप्रेस–अल मुल्ला एक्सचेन्च रेमिट्यान्स सम्झौता 

सिटी एक्सप्रेस–अल मुल्ला एक्सचेन्च रेमिट्यान्स सम्झौता 

Trulli
ADVERTISEMENT

काठमाडौं– सिटी एक्सप्रेस मनी ट्रान्सफर र कुवेतको अल मुल्ला एक्सचेन्जबीच रेमिट्यान्स कारोबार सुरु भएको छ । अल मुल्ला एक्सचेन्ज कुवेतको पहिलो मोबाइल एप्लिकेसन सुरु गर्ने रेमिट्यान्स कम्पनी हो । कम्पनीका हाल १ सय २ स्थानमा शाखा छन् । 


कुवेतमा रहेका नेपालीले अल मुल्ला एक्सचेन्जको सेवा प्रयोग गरी सिटी एक्सप्रेसमार्फत सहजै यहाँ रहेका आफन्तलाई नेपालमा पैसा पठाउन सक्नेछ । नेपालमा सिटी एक्सप्रेसमा १२ सय बढी एजेन्टबाट सजिलै भुक्तानी लिन सकिनेछ । नेपालका जुनसुकै बैंकको खातामा पनि रकम जम्मा गर्न सकिने र मोबाइल वालेटमा लोड गर्न सकिने कम्पनीले बताएको छ ।