close

अपाङ्ग र स्वयंसेविकाको कोरोना बीमा गर्दै नमोबुद्ध नगरपालिका

None

अपाङ्ग र स्वयंसेविकाको कोरोना बीमा गर्दै नमोबुद्ध नगरपालिका

None

Trulli
ADVERTISEMENT

 

नमोबुद्ध नगरपालिकाले अपाङ्गता भएका व्यक्ति र स्वास्थ्य स्वयंसेविकाको कोरोना बीमा गर्ने भएको छ । नगर कार्यपालिकाको बैठकले रातो र निलो परिचयपत्र प्राप्त गरेका अपाङ्गता भएका व्यक्ति र नगरपालिकामा रहेका स्वास्थ्य स्वांसेविकाहरुको कोरोना बीमा गर्ने निर्णय गरेको हो । 


कोरोना महामारीका कारण अपाङ्गता भएका व्यक्तिहरु र घरदैलोमै गएर सेवा दिने स्वास्थ्य स्वयांसेविकाहरु बढी प्रभावित हुने देखिएकाले कोरोना बीमा गर्न लागिएको मेयर टि.पी शर्मा तिमल्सिनाले पालिका खबरलाई जानकारी दिनुभयो । 


नमोबुद्ध नगरपालिकामा रातो अपाङ्गता परिचयपत्र पाउने ९० जना रहेका छन् भने निलो परिचयपत्र पाउने १ सय ४५  रहेका छन् । त्यसतै हाल नमोबुद्ध नगरपालिकामा ८१ जना महिला स्वास्थ्य स्वयंसेविकाहरुले सेवा दिँदै आएका छन्  ।