close

सहमतिपछि खोलियो मध्यपश्चिम विश्वविद्यालयको ताला 

सहमतिपछि खोलियो मध्यपश्चिम विश्वविद्यालयको ताला 

Trulli
ADVERTISEMENT

सुर्खेत– गत शनिबारदेखि आन्दोलनमा उत्रिएका विद्यार्थी र प्रशासनबीच सहमति भएसँगै मध्यमपश्चिम विश्वविद्यालयमा लागेको ताला खुलेको छ । विद्यार्थीले विभिन्न माग राख्दै विश्वविद्यालयका पदाधिकारीको कार्यकक्षमा लगाएको ताला सहमतिपछि खुलेको हो ।


विश्वविद्यालयले गठन गरेको वार्ता समितिका संयोजक सह–प्राध्यापक डा. लीलाधर तिवारी र विद्यार्थीका प्रतिनिधिबीच ७ बुँदे सहमति भएको छ । 

 

सहमतिअनुसार मध्यपश्चिम विश्वविद्यालयले अब मिश्रित प्रणाली (अनलाइन र भौतिक उपस्थिति) बाट परीक्षा लिने भएको छ । अनलाइन माध्यमबाट परीक्षा हुनुपर्ने माग राख्दै विद्यार्थीले डेढ महिनादेखि आन्दोलन गर्दै आएका थिए ।


शनिबार राती आन्दोलनरत विद्यार्थी र समितिबीच भएको वार्तामा विश्वविद्यालयले मिश्रित प्रणालीबाट परीक्षा लिने सहमति भएको हो । अब विद्यार्थीले अनलाइन वा भौतिक उपस्थितिमा परीक्षा दिने दुई विकल्पन रोज्न पाउनेछन् । परीक्षा व्यवस्थापन समितिले सूचना प्रकाशित गरेको मितिले ५ दिनभित्र विद्यार्थीले कुनै माध्यमबाट परीक्षा दिने भनेर रोज्न पाउनेछन् ।


सरकारको नियमअनुसार कोरोना महामारीको शुल्कमा छुट मिनाहा गर्ने, कुल विद्यार्थी संख्याको आधारमा १७ प्रतिशत छात्रवृत्ति दिने, मंसिर मसान्तसम्म छात्रवृत्ति वितरण गरिसक्ने, ११औँ सभामा दोस्रो दीक्षान्त समारोह गर्ने सहमति भएको समितिका संयोजक लीलाधर तिवारीले जानकारी दिए ।

 

त्यस्तै, चालू आर्थिक वर्षमै ई–पुस्तकालय, प्रयोगशाला र आवश्यक संरचना निर्माण गर्ने, हालको शुल्कलाई पुर्नयोग्य गर्ने, विश्वविद्यालयका सम्पूर्ण पदाधिकारीले औपचारिक र अनौपचारिक बैठकमा प्रस्तुत हुँदा मर्यादित बोलीभाषा र व्यवहार गर्नुपर्ने, सहमति कार्यान्वयनका लागि कार्यकारी परिषद् र प्राज्ञिक परिषद्ले निर्णय गरेको एक साताभित्र प्रतिलिपि विद्यार्थी संघ–संगठनलाई उपलब्ध गराउनुपर्ने सहमति भएको छ ।


योसँगै ढेड महिनादेखि विद्यार्थीले गर्दै आएको सम्पूर्ण आन्दोलन कार्यक्रम स्थगित भएका छन् । विभिन्न चार विद्यार्थी संगठनले १८ बुँदे माग राखेर आन्दोलन थालेका थिए ।