close

कम हुँदै कोरोना संक्रमण 

कम हुँदै कोरोना संक्रमण 

Trulli
ADVERTISEMENT

काठमाडौँ– पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमण कम भएको छ । यस अवधिमा १ हजार ३ सय ८८ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ । शनिबार १ हजार ८ सय ५७ जनामा संक्रमण पुष्टि भएको थियो । 


 
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयकानुसार ७ हजार २ सय ५९ जनाको पीसीआर परीक्षणमा १ हजार २ सय १४ र ३ हजार ३८ जनाको एन्टिजेन परीक्षणमा १ सय ७४ संक्रमण  पुष्टि भएको हो । योसँगै नेपालमा पीसीआर विधिबाट गरिएको परीक्षणमा कोरोना भाइरस संक्रमितको संख्या ७ लाख ५९ हजार २ सय २२ पुगेको छ । त्यस्तै एन्टिजेन परीक्षण गर्नेको संख्या ८२ हजार ९ सय ७१ रहेको छ ।


 
पछिल्लो २४ घण्टामा थप २ हजार २ सय ६० जना संक्रमणमुक्त भएका छन् । योसँगै हालसम्म नेपालमा संक्रमणमुक्त हुनेको संख्या ७ लाख १२ हजार ७ सय १२ पुगेको छ । नेपालमा संक्रमणमुक्त हुने दर ९३ दशमलव ९ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।


 
हाल नेपालमा ३२ हजार ७ सय ४४ जना होम आइसोलेसन, ३ हजार ५२ जना संस्थागत आइसोलेसनमा रहेका छन् । त्यसैगरी ६ सय २५ जना आइसीयू र १ सय ६७ जना भेन्टिलेटरमा उपचाररत छन् । देशभर ३ सय ४३ जना क्वारेन्टिनमा रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । देशभर सक्रिय संक्रमितको संख्या ३५ हजार ७ सय ९६ जना छन् ।


 
चौबीस जनाको मृत्यु 


 
नेपालमा कोरोना संक्रमणबाट थप २४ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोना संक्रमणबाट  मृत्यु हुनेको संख्या १० हजार ७ सय १४ पुगेको छ । नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुने दर १.५ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।