close

विद्यालयका बसमा विद्यार्थी ओसारपसार गर्न रोक

विद्यालयका बसमा विद्यार्थी ओसारपसार गर्न रोक

Trulli
ADVERTISEMENT

रुपन्देही - सैनामैना नगरपालिकाले नगर क्षेत्रभित्रका विद्यालयलाई बस प्रयोग गरी विद्यार्थी ओसारपसार गर्न रोक लगाएको छ ।


समुदायस्तरमै कोराना संक्रमण दर बढेपछि विद्यार्थीलाई बसमा यात्रा गराउँदा संक्रमणको उच्च जोखिम हुने भन्दै विद्यालय बस सञ्चालनमा रोक लगाइएको सैनामैना शिक्षा शाखा प्रमुख हेमराज अर्यालले बताए ।


सूचना प्रकाशित गरेरै बसबाट विद्यार्थी बोक्न रोक लगाइएको उनले जानकारी दिए ।


‘केही विद्यालयले वैकल्पिक विधिबाट शिक्षण सिकाइ सहजीकरण गर्ने क्रममा बस सञ्चालन गरी बालबालिका ल्याउने लैजाने कार्य गरिरहेको जानकारी हुन आएकाले यसरी बस सञ्चालन गर्दा संक्रमणको उच जोखिम हुने हुँदा स्कुल बस सञ्चालन गर्ने कार्य बन्द गर्नुहुन साथै सिकाइ सहजीकरण गर्दा संक्रमण हुन नदिन सुरक्षाका सबै मापदण्ड पालना गर्नुहुन अनुरोध छ’, पत्रमा भनिएको छ ।