close

स्थानीय पाठ्यक्रम निर्माणमा जुट्यो भागेश्वर

स्थानीय पाठ्यक्रम निर्माणमा जुट्यो भागेश्वर

Trulli
ADVERTISEMENT

डडेल्धुरा– डडेल्धुराको भागेश्वर गाउँपालिकाले स्थानीय पाठ्यक्रम निर्माण गर्ने भएको छ । गाउँपालिकाले निर्माण गर्ने पाठ्यक्रममा भूगोल र वातावरण, कृषि प्रणाली र आर्थिक क्रियाकलाप, संस्कृति र सभ्यता, स्थानीय ऐतिहासिक, सांस्कृतिक धार्मिक र पर्यटकीय स्थललगायत विषयमा समेटिने पालिकाका शिक्षा शाखा प्रमुख लालबहादुर सेटीले बताए । उनका अनुसार पाठ्यक्रम कक्षा १ देखि ५ सम्मका लागि निर्माण गरिनेछ । 


गाउँपालिकाले स्थानीय पाठ्यक्रम बनाउन रामबहादुर शाहीको संयोजकत्वमा कार्यदल र मस्यौदा समिति गठन गरेको छ । समितिका सदस्यमा दलबहादुर सेटी, राजेन्द्रबहादुर पाण्डेय, ज्ञानेन्द्र भाट, मीनबहादुर खड्का, कर्णबहादुर मडै र वसन्ती भट्ट छन् ।
 

त्यस्तै, नरोत्तम जोशी, नरेशसिंह केसी, तीर्थराज पन्त, जगदीश चटौत, डम्बरसिंह बोहरा छन् । पाठ्यक्रममार्फत विद्यार्थीलाई स्थानीय विषयवस्तुबारे जानकारी दिने र कला संस्कृति संरक्षणमा टेवा पुग्ने गाउँपालिकाले बताएको छ ।


सात स्थानीय तह रहेको डडेल्धुरामा अजयमेरु गाउँपालिकाले भने यसअघि नै पाठ्यक्रम बनाइसकेको छ ।