close

महामन्त्रीमा उम्मेदवारी दिने गगनको घोषणा

महामन्त्रीमा उम्मेदवारी दिने गगनको घोषणा

Trulli
ADVERTISEMENT

काठमाडौं– नेपाली कांग्रेसका युवा नेता गगनकुमार थापाले सोमबार महामन्त्रीमा उम्मेदवारी दिने घोषणा गरेकाछन् ।

 

मंसिर ९–१३ का लागि तय भएको १४ औं महाधिवेशन निर्धारित मितिमै हुने पक्कापक्की जस्तै भएपछि नेताहरुले उम्मेदवारी सार्वजनिक गर्न लागेका हुन् । सभापतिका उम्मेदवारी दिने तयारीमा रहेका उपसभापति विमलेन्द्र निधिले शुक्रबार नयाँ बानेश्वरस्थित एक बैंकटमा सम्पर्क कार्यालय खोलेका थिए । सोमबार थापाले उम्मेदवारी घोषणा गरेका हुन् ।

 

कांग्रेसमा सभापतिपछि दोस्रो कार्यकारी पद हो, महामन्त्री । वरियतामा उपसभापति भन्दा तलव भएपनि कांग्रेसमा महामन्त्री पद महत्वपूर्ण मानिन्छ । महाधिवेशनको समीकरण प्रष्ट नभएकाले धेरैले उम्मेदवारी घोषणा गरेका छैनन् । तर महामन्त्रीका आकांक्षी नेताहरुको संख्या पनि ठूलै छ । महामन्त्रीका आकांक्षीमा दोस्रो पुस्ताको बाहुल्यता छ । थापा भने तेस्रो पुस्ताका नेता हुन् ।