close

चौँरीदेउरालीमा अक्सिजन प्लान्ट स्थापना गरिँदै

चौँरीदेउरालीमा अक्सिजन प्लान्ट स्थापना गरिँदै

Trulli
ADVERTISEMENT

बनेपा– काभ्रेपलाञ्चोकको चौँरीदेउराली गाउँपालिकाले अक्सिजन प्लान्ट स्थापना गर्ने भएको छ । यसका लागि जनप्रतिनिधि, कर्मचारी, शिक्षक, उद्योगी, व्यवसासी, बुद्धिजीवी र रोजगारीका सिलसिलामा विदेशमा रहेकाबाट रकम संकलन  अभियान अगाडि बढाइएको छ ।

गाउँपालिकाका अध्यक्ष दीननाथ गौतमका अनुसार अभियानमा हालसम्म करिब ७० लाख संकलन भइसकेको छ । उनले गाउँपालिकामा अक्सिजनको अभाव हुन नदिन प्लान्ट स्थापना गर्ने अभियान अगाडि बढाएको बताए ।   चौँरीदेउराली–५ स्थित धुसेनी शिवालय प्राथमिक अस्पतालमा प्लान्ट बनाउन लागिएको हो  ।

अहिले सो प्लान्टको निर्माणका लागि रु एक करोड ३७ लाखमा ठेक्का आह्वान भइसकेको र सम्झौतापछिको दुई महिनाभित्रमा निर्माण भइसक्ने उनले बताए  । प्लान्टबाट दैनिक २५ देखि ३० सम्म सिलिन्डर भर्न सकिने जनाइएको छ ।

गाउँपालिकाले गरेको आग्रहअनुसार अहिले सहयोगीदाताबाट रकम जम्मा हुने क्रम जारी रहेको गाउँपालिकाले जनाएको छ । यसका लागि गाउँपालिकाले एनसीसी बैंकमा रहेको ग । ५ । १ स्थानीय तह विविध कोषको खाता नं १४४०००००२६३०१ मा सहयोग रकम जम्मा गर्न आग्रह समेत गरेको छ । सहयोग गर्ने दाताको नाम शिलालेखमा लेखिने गाउँपालिकाले जनाएको छ ।