close

बजारमा चौपाया छाडनेलाई भीमदत्त नगरपालिकाले अत्यावश्यकबाहेकका सेवामा रोक लगाउने 

बजारमा चौपाया छाडनेलाई भीमदत्त नगरपालिकाले अत्यावश्यकबाहेकका सेवामा रोक लगाउने 

Trulli
ADVERTISEMENT

कञ्चनपुर– भीमदत्त नगरपालिकाले चौपाया ल्याएर बजार क्षेत्रमा छाडने नगरवासीलाई अत्यावश्यकबाहेकका सेवा रोक्का गर्ने भएको छ । 

महेन्द्रनगरमा छाडा चौपाया छाड्ने क्रम बढ्न थालेपछि नगरपालिकाले नियन्त्रणका लागि कडाइ गर्न थालेको हो । ‘छाडा पशु चौपाया नियन्त्रणका लागि नगरपालिका लागिपरेको छ । त्यसका लागि कानून बनाइएको छ’, नगरप्रमुख सुरेन्द्र विष्टले भने, ‘चौपाया छाड्ने व्यक्तिको अब अत्यावश्यकबाहेकका सेवा रोक्छौँ ।’

 

छाडा चौपायाले गर्दा बजार क्षेत्रमा व्यवसायीले निकै सास्ती खेप्दै आएका छन । बजारको सुन्दरता बिग्रँदै जान थालेको छ । सवारी दुर्घटनाका घटनासमेत बढन थालेका छन् । ट्राफिक समस्या निम्तिन थालेकाले छाडा चौपाया छाड्नेमाथि निगरानी राख्ने कार्यसहित सेवा प्रवाह रोक्ने उनको भनाइ छ । 

 

स्थानीय तह निर्वाचनपछि नगरप्रमख विष्टले पहिलो नगरसभाबाट छाडा पशुचौपाया व्यवस्थापनका लागि नीतिगत निर्णय गरी बजेट विनियोजन गराएका थिए । छाडा पशु चौपाया व्यवस्थापनका लागि निर्देशिका बनाएर वडा कार्यालयलाई व्यवस्थापनको जिम्मेवारी दिइएको छ ।

 

बागफाँटा र ब्रह्मदेवमा छाडा चौपाया व्यवस्थापनका लागि गौशाला निर्माण गरी सञ्चालन गरिएका थिए । ब्रह्मदेवमा गौ अनुसन्धान केन्द्रका रुपमा गौशाला निर्माण गरिएको छ । स्थानीय तह निर्वाचनमा स्थानीयवासीले छाडा पशु चौपाया व्यवस्थापनको माग अघि सारेका थिए । नगर बासिन्दाको मागअनुसार गौशाला बनाएर चौपाया नियन्त्रण गरिएको थियो ।