close

कर्णालीका २० मध्ये ३ सांसदले रोजे नेकपा एकीकृत समाजवादी

कर्णालीका २० मध्ये ३ सांसदले रोजे नेकपा एकीकृत समाजवादी

Trulli
ADVERTISEMENT

सुर्खेत– कर्णाली प्रदेशमा नेकपा एमाले परित्याग गरी थप तीन सांसद माधवकुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीमा खुलेका छन् । प्रदेशसभा सदस्य देवी ओली रुकुम पश्चिम, मुगुका चन्द्रबहादुर शाही र जुम्लाका पदमबहादुर रोकाया नेकपा समाजवादीमा खुलेका हुन् । उनीहरूले बुधबार नै निर्वाचन आयोगको कार्यालय पुगेर नेकपा एकीकृत समाजवादीको पक्षमा सनाखत गर्दैछन् ।


  
प्रदेशमा एमाले विभाजनपछि नेकपा एकीकृत समाजवादी कमजोर देखिएको छ । प्रदेशसभामा प्रतिनिधित्व गर्ने सांसद ओली र शाही केन्द्रीय समितिमा समेत रहेका छन् ।


प्रदेशमा एमालेको २० सदस्यीय संसदीय दलमा विवाद हुँदा नेपाल पक्षका ९ जना सांसद थिए । मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले विश्वासको मत दिँदा फ्लोर क्रस गरेपछि प्रकाश ज्वाला, कुर्मराज शाही, अम्मरबहादुर थापा, नन्दसिंह बुढालाई कारबाही गरिएको थियो । उनीहरू समाजवादीको प्रदेश कमिटीमा भने एकताबद्ध छन् । 


तर, एमालेको आन्तरिक विवादको समय नेता नेपाललाई साथ दिँदै आएका सुशील थापा, दल रावल र करवीर शाही भने एमालेमै रहने भएका छन् । नेपाल समूहमा रहेका सुर्खेतका पद्मा खड्का, जाजरकोटका करवीर शाही संस्थापन पक्षमा देखिएका छन् भने दैलेखका सुशील थापाले अझै प्रस्ट धारणा बनाइसकेका छैनन् ।