close

५ महिनापछि उपत्यकामा हट्यो निषेधाज्ञा

५ महिनापछि उपत्यकामा हट्यो निषेधाज्ञा

Trulli
ADVERTISEMENT

काठमाडौं– संघीय राजधानी काठमाडौं उपत्यकाका तीन वटै जिल्ला प्रशासन कार्यालयले ५ महिनादेखि जारी निषेधाज्ञा हटाएका छन् । काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले निषेध शब्दलाई हटाएर आदेश जारी गरेका हुन् ।

 

‘निषेध शब्दलाई हटाएर हामीले आदेश जारी गरेका छौँ । स्वास्थ्य मापदण्ड पालना गरेर दैनिक क्रियाकपलाप सञ्चालन गर्न सकिने मोडालिटीमा गयौँ,’ उनले भने । बुधबार काठमाडौं उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारी सम्मिलित बैठकले यस्तो आदेश जारी गरेको हो ।

 

यसअघि शैक्षिक संस्थाले भौतिक उपस्थितिमा पठनपाठन गर्न पाइँदैन थियो । अहिले पनि भौतिक उपस्थितिमा पठनपाठन नगर्न भनिएको छ भने गर्नैपर्ने अवस्थामा स्मार्ट लकडाउन प्रावधानभित्र रहेर कोभिड–१९ संकट व्यवस्थापन केन्द्रसँग समन्वय गरी विद्यालय सञ्चालन गर्न सकिने भएको छ ।

 

त्यस्तै पसल, रेस्टुराँ, होटललगायत व्यवसाय सञ्चालन गर्न पाइनेछ । ढुवानीको हकमा प्रशासनले समय सीमा तोकेको छ । स्थानीय ढुवानीको हकमा बिहान बिहान ९ देखि ११ बजेसम्म र अपराह्न ४ देखि ७ बजेसम्म गर्न पाइनेछ ।

 

सार्वजनिक तथा निजी निर्माण कार्यका लागि निर्माण सामग्री ढुवानी बेलुका ९ देखि बिहान ५ बजेसम्म सञ्चालन गर्न सकिने आदेशमा भनिएको छ ।