close

सिस्ने खोलाको भेलले गाडी बगाउँदा चार जनाको मृत्यु 

सिस्ने खोलाको भेलले गाडी बगाउँदा चार जनाको मृत्यु 

Trulli
ADVERTISEMENT

दाङ – दाङको सिस्नेखोलाले बगाउँदा चार जनाको मृत्यु र एक जना घाइते भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । घोराहीको गोग्लीबाट घोराहीतर्फ आउँदै गरेको प्र.३.०१.०२४ च ४४४० नम्बरको गाडी सिस्नेखोलाले गए राती १० बजेतिर बगाउँदा गाडीमा सवार चार जनाको मृत्यु भएको हो ।


गाडी चालक घाइते भएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रवक्ता एवं डिएसपी मुकुन्दप्रसाद रिजालले जानकारी दिए । मृत्यु हुनेमा गाडीमा सवार घोराही उपमहानगर वडा नम्बर १३ का ४० वर्षीया रीतामाया पुन, वडा नम्बर १३ कै अन्दाजी ३२ वर्षीया सुशीला श्रेष्ठ, वडा नम्बर १४ की अन्दाजी ३१ वर्षीया राधा कुँवर र सोही वडाकी ४२ वर्षीया विमला केसी रहेको डिएसपी रिजालले बताए ।


सोही घटनामा परी गाडी चालक घोराही वडा नम्बर १३ का ४३ वर्षीय नरबहादुर पुन घाइते भएका छन् । गाडीसहित दुई जनाको शव गएराती नै भेटिएको हो भने दुई जनाको बिहान फेला परेको डिएसपी रिजालले जानकारी दिए ।