close

अंकगणितमा २ वटा प्रदेशमा एकीकृत समाजवादी एमालेभन्दा बलियो 

अंकगणितमा २ वटा प्रदेशमा एकीकृत समाजवादी एमालेभन्दा बलियो 

Trulli
ADVERTISEMENT

काठमाडौं– माधव नेपालको नेतृत्वमा बनेको नेकपा (एकीकृत समाजवादी) ले ७मध्ये २ वटा प्रदेशसभाको अंकगणितमा एमालेलाई उछिनेको छ । एकीकृत समाजवादी पार्टीमा सुदूरपश्चिम र प्रदेश २ को प्रदेशसभामा बढी सांसद खुलेसँगै एमालेभन्दा बलियो शक्ति बनेको हो । 

 

सुदूरपश्चिम प्रदेशसभामा रहेका ५२ सांसदमध्ये एमालेका २४ जना थिए । २४ मध्ये १३ सांसद माधव समूहमा खुलेसँगै एकीकृत समाजवादी एमालेभन्दा ठूलो भएको हो ।

 

प्रदेश २ मा १०४ जना प्रदेशसभा सदस्यमध्ये एमालेका १९ जना सांसद थिए । १९ मध्ये १३ ले एकीकृत समाजवादी रोजेका छन् । अन्य प्रदेशमा पनि सांसदको दल बदली जारी छ । 

 

हालसम्मको तथ्यांकअनुसार प्रदेश १ मा एमालेका ५१ सांसदमध्ये १० सांसदले एकीकृत समाजवादी रोजेका छन् । यो अंकले भर्खरै मुख्य मन्त्री बनेका भीम आचार्य अल्पमतमा पर्ने देखिएको छ । 

 

बागमतीमा पनि मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यलाई अप्ठेरो पर्ने स्थिति देखिएको छ । बागमतीमा प्रदेशसभा सदस्यको संख्या १०९ छ । प्रदेशसभामा एमालेका सांसद ५५ थिए । १२ सांसदले एकीकृत समाजवादी रोजिसकेका छन् । 

 

कर्णाली, लुम्बिनी र र गण्डकी प्रदेशमा भने एकीकृत समाजवादी कमजोर देखिएको छ । हालसम्म गण्डकीमा एमालेका सांसदमध्ये कसैले पनि नेता नेपालको पक्षमा सनाखत गरेका छैनन् ।

 

कर्णालीका एमालेका १६ सांसदमध्ये ३ जनाले हालसम्म एकीकृत समाजवादी रोजेका छन् । त्यस्तै, लुम्बिनीमा एमालेका ३७ सांसदमध्ये एक जनाले मात्रै एकीकृत समाजवादी रोजेका छन् । निर्वाचन आयोगले २२ भदौसम्म जनप्रतिनिधिलाई दल रोज्न समय दिएको छ । यो समयसम्म सांसदको संख्या घटबढ हुन सक्ने स्थिति भने कायमै छ ।