close

महालक्ष्मी नगरपालिकालाई कोरोना प्रतिकार्य सामग्री सहयोग

महालक्ष्मी नगरपालिकालाई कोरोना प्रतिकार्य सामग्री सहयोग

Trulli
ADVERTISEMENT

काठमाडौं– फ्रेन्ड्स सर्भिस काउन्सिलले ललितपुरको महालक्ष्मी नगरपालिकालाई कोभिड–१९ प्रतिकार्य परियोजनाअन्तर्गत विभिन्न सामग्री उपलब्ध गराएकोे छ ।

 

बागमती प्रदेशका सांसद माधव पौडेलले बुधबार आयोजित कार्यक्रममा नगरप्रमुख रामेश्वर श्रेष्ठ र उपप्रमुख निर्मला थापालाई संयक्त रूपमा ५ लाख ५० हजार रुपैयाँ बराबरको अक्सिजन, मास्क, स्यानिटाइजर, ह्यान्ड वास, साबुन, वेट मेसिन, अक्सिमिटर, बीपी सेट, फेस सिल्ड, नेवुलाइजर, फिटल डपर, सर्जिकल मास्कलगायत २३ प्रकारका सामग्री हस्तान्तरण गरेका हुन् ।

 

काउन्सिलको समन्वयमा बेलायतस्थित वल्ड जेवीस रिलिफको सहयोगमा प्राप्त ती सामग्री नगरपालिकाले आफ्नो क्षेत्रका विभिन्न स्वास्थ्य संस्थालाई उपलब्ध गराउनेछ ।

 

अगस्तदेखि सञ्चालन गरिएको सो परियोजनाअन्तर्गत नगरपालिकाभित्र कोरोनाबाट सताइएका अति विपन्न, अपागंता भएका, ज्येष्ठ नागरिक, कोभिड–१९ का कारण रोजगार गुमाएका र सुत्केरी, गर्भवती तथा एकल महिला गरी २२५ जनालाई राहतस्वरूप एक परिवारलाई एक महिनासम्म पुग्ने खाद्यान्न सहयोग पनि उपलब्ध गराइएको थियो । 


विभिन्न सार्वजनिक स्थलमा सहयोग कक्ष, माइकिङबाट चेतनामूलक कार्यक्रम प्रसारण, समूहमा छलफल, घरदैलो भ्रमण, खोप कार्यक्रमबारे सूचना प्रवाहजस्ता कार्य पनि गर्दै आएको काउन्सिलका संस्थापक अध्यक्ष सूर्यबहादुर थापाले जानकारी दिए ।