close

बाजा बजाएरै उठायो काठमाडौं महानगरले चार करोड राजस्व

बाजा बजाएरै उठायो काठमाडौं महानगरले चार करोड राजस्व

Trulli
ADVERTISEMENT

काठमाडौं– काठमाडौं महानगरले घरजग्गा र सम्पत्ति कर उठाउन पञ्चैबाजासहितको घरैदेलो गरेपछि हालसम्म ३ करोड ८९ लाख रुपैयाँ कर उठेको तथ्यांक सार्वजनिक गरेको छ ।


महानगरले कर बुझाउन सूचना प्रकाशित गरी नबुझाउने प्रतिष्ठानमा बाजागाजासहित घरदैलो थालेपछि उक्त कर संकलन भएको राजस्व विभागले जानकारी दिएको हो । राजस्व महाशाखा प्रमुख डा. शिवराज अधिकारीका अनुसार अहिलेसम्म १३ व्यापारिक प्रतिष्ठानले कर बुझाएका छन् ।


उनका अनुसार सम्पर्कमा आएका व्यापारिक प्रतिष्ठानमध्ये एनआरटी क्लब, युनाइटेड वल्र्ड ट्रेड सेन्टर, काठमाडौं इन्जिनियरिङ कलेज, नेसनल हस्पिटल, सहिहीद मेमोरियल हस्पिटल, एलआरआई बोर्डिङ स्कुल स्युचाटार, होटल मस्र्याङ्दी, बुद्ध मल, जनमैत्री अस्पताल, सुरज आर्केट, वैशाली होटल प्रालि, प्रवीणबहादुर केसी र स्टार मलले कर बुझाएका हुन ।

 

एनआरटी क्लबले १० लाख, युनाइटेड वल्र्ड ट्रेड सेन्टरले १ करोड, काठमाडौं इन्जिनियरिङ कलेजले २५ लाख, नेसनल हस्पिटलले २४ लाख, सहिद मेमोरियल हस्पिटलले २९ लाख २० हजार, एलआरआई बोर्डिङ स्कुलले २५ लाख, होटल मस्र्याङ्दीले ८ लाख ७ हजार ९१८ पिया, बुद्ध मलले ४७ लाख १८ हजार र जनमैत्री अस्पतालले ६० लाख रुपैयाँ कर राजस्व विभागमा बुझाएका छन् ।


यस्तै, सुरज आर्केडले ६ लाख ७४ हजार १६४, वैशाली होटलले ५ लाख ९६ हजार ८६४, प्रवीणबहादुर केसीले ८ लाख र स्टार मलले ५० लाख रुपैयाँ कर बुझाएको विभाग प्रमुख अधिकारीको भनाइ छ ।

 

१३ व्यापारिक प्रतिष्ठानले कर बुझाए पनि पूरै भने नबुझाएको उनले बताए । सम्पर्कमा नआउनेलाई पत्राचार गरेपछि डकुमेन्ट ल्याएर कर बुझाउने प्रतिबद्धता जनाएका छन् । 


कर नर्तिने र सम्पर्कसम्म नआएको घर, पसल र व्यवसायमा सिलबन्दी गर्ने तथा सरकारी बाँकीसरह राजस्व असुली गर्ने प्रक्रिया अगाडि बढाउने तयारी महानगरको छ ।

 

महानगरले ९ भदौबाट कर असुल्न पञ्चैबाजासहित टोल–टोलमा अभियान सुरु गरेपछि विरोधका स्वर पनि सुनिएका छन् । कर मात्रै उठाउने तर सेवा–सुविधा नदिने महानगरको रवैयाप्रति सर्वसाधारणले आपत्ति जनाउँदै आएका छन् ।