close

काठमाडौँ महानगरपालिका वडा- १९ का वडाध्यक्ष श्रेष्ठको निधन, शुक्रबार काठमाडौंमा शोक विदा

काठमाडौँ महानगरपालिका वडा- १९ का वडाध्यक्ष श्रेष्ठको निधन, शुक्रबार काठमाडौंमा शोक विदा

Trulli
ADVERTISEMENT

काठमाडौँ– काठमाडौँ महानगरपालिका वडा १९ का अध्यक्ष शशीलाल श्रेष्ठको बिहीबार निधन भएको छ । ६५ बर्षिय श्रेष्ठको उपचारका क्रममा नर्भिक अस्पतालमा निधन भएको हो ।


महानगरका प्रमुख प्रशासकीय अधिकृत राजेश्वर ज्ञवालीका अनुसार वडाध्यक्ष श्रेष्ठको निधनमा महानगरले शुक्रबार शोक विदा दिने भएको छ । उनको शव भोलि विहान ८ बजे अस्पतालबाट अन्तिम श्रद्धाञ्जलीका लागि वडामा लगिनेछ । विहान ९ बजेदेखि अपरान्ह ३ बजेसम्म वडामा राखेपछि अन्तिम संस्कारका लागि पशुपति आर्यघाट लगिने वडा सदस्य चन्द्रमान डंगोलले जानकारी दिए ।

 

२०१३ साल १४ पुसमा  जन्मिएका श्रेष्ठको खाना नलीमा क्यान्सर देखिएको थियो । बुधबार राती १० बजे उल्टी भएपछि उपचारका लागि उनलाई नर्भिक अस्पताल लगिएको थियो । श्रेष्ठका श्रीमती, ३ छोरी र १ छोरा छन् ।