close

रूपन्देहीको मायादेवी गाउँपालिका २७ गतेसम्म बन्द

रूपन्देहीको मायादेवी गाउँपालिका २७ गतेसम्म बन्द

Trulli
ADVERTISEMENT

रूपन्देही - कोरोना संक्रमण बढेसँगै रूपन्देहीको मायादेवी गाउँपालिकाका अत्यावश्यकबाहेक सबै सेवा २७ असोजसम्म बन्द रहने भएका छन् । 

 

आज गाउँपालिकाले एक सूचना प्रकाशन गरी कोरोना संक्रमण बढेपछि २३ असोजदेखि २७ असोजसम्म गाउँपालिकाका अत्यावश्यकबाहेक सबै काम बन्द रहने जनाएको छ ।

 

गाउँपालिका अध्यक्ष ध्रुवनारायण चौधरीले कोरोना महामारी दैनिक बढेका कारण सुरक्षित रहनका लागि केही दिन गाउँपालिकाबाट प्रवाह हुने सेवा बन्द गरिएको बताए ।