close

सुदूरपश्चिममा ६ लाखलाई कोरोनाविरुद्धको खोप

सुदूरपश्चिममा ६ लाखलाई कोरोनाविरुद्धको खोप

Trulli
ADVERTISEMENT

बैतडी– सुदूरपश्चिम प्रदेशमा हालसम्म ६ लाख बढी नागरिकलाई कोरोना भाइरसविरुद्धको खोप लगाइएको छ । प्रदेशका नौवटै जिल्लामा गरी हालसम्म पहिलो मात्रा लगाउनेको संख्या ६ लाख १ हजार ५१८ पुगेको सामाजिक विकास मन्त्रालयले सार्वजनिक गरेको तथ्यांकमा उल्लेख छ ।

 

पहिलो मात्रा लगाउनेमा सबैभन्दा बढी कैलालीका १ लाख ९५ हजार ३६१ जना रहेका मन्त्रालयका प्रवक्ता नरेन्द्रसिंह कार्कीले जानकारी दिए ।  यस्तै कञ्चनपुरमा १ लाख सात हजार १६३, बैतडीमा ५७ हजार ६८, अछाममा ५५ हजार ९४८, बझाङमा ४६ हजार ७२४, डोटीमा ४५ हजार ४२३, दार्चुलामा ३८ हजार ६५५, डडेल्धुरामा ३० हजार ९९३ र बाजुरामा २४ हजार १८३ व्यक्तिले कोरोनाविरुद्धको पहिलो खोप लगाएका हुन् ।

 

यसैबीच  प्रदेशमा हालसम्म कोरोना भाइरसविरुद्धको पूर्ण खोप लगाउने नागरिकको संख्या भने चार लाख रहेको छ ।  मन्त्रालयको तथ्यांकअनुसार ४ लाख १ हजार ३३ ले पूर्ण खोप लगाएका हुन् । ९ जिल्लामध्ये सबैभन्दा बढी कैलालीका र सबैभन्दा कम बाजुराका  नागरिकले कोरोनाविरुद्धको खोप पाएका छन् । कैलालीका १ लाख ५५ हजार ५१० ले पूर्ण खोप पाएका हुन् भने बाजुराका ७ हजार २१३ ले पूर्ण खोप लगाएका छन् ।

 

यस्तै कञ्चनपुरमा ८७ हजार ५८, बैतडीमा ३५ हजार ५२६, डोटीमा ३१ हजार ३८९, अछाममा ३० हजार ६७०, बझाङमा २२ हजार ५७, दार्चुलामा १९ हजार ४४८ र डडेल्धुराका १२ हजार १६२ ले पूर्ण खोप पाएका छन् । यहाँका नागरिकलाई कोभिशिल्ड, स्ट्राजेनेका, भेरोसेल, जोन्सन एण्ड जोन्सन खोप लगाइएको हो । प्रदेशमा हाल पनि कोरोनाविरुद्धको खोप लगाउने क्रम जारी रहेको जनाइएको छ ।