close

गाउँ गाउँमा पुगेर योजना सम्झौता गर्दै कालिञ्चोक 

गाउँ गाउँमा पुगेर योजना सम्झौता गर्दै कालिञ्चोक 

Trulli
ADVERTISEMENT

चरीकोट– दोलखाको कालिञ्चोक गाउँपालिकाले गाउँगाउँमा नै पुगेर योजना सम्झौता गर्न थालेको छ । उपभोक्त समितिलाई सहज गराउन र  समयमा काम सम्पन्न गराउने उद्देश्यले गाउँपालिकाले ‘विकास शिविर योजना’ आयोजना गरी योजना सम्झौता गरेको हो ।

 

आर्थिक वर्ष २०७८/७९ मा गाउँपालिकाबाट छनोट भएका योजना समयलाई  समयमै सम्पन्न गराउन र उपभोक्तालाई योजना सम्झौता गर्नका लागि पालिकासम्म आउनुपर्ने बाध्यतालाई गाउँमा सम्झौताको व्यवस्था गरिएको गाउँपालिका अध्यक्ष विनकुमार थामीले जानकारी दिए ।

 

पालिकामा योजना सम्झौताका लागि विभिन्न वडाबाट एक दिनको बाटो खर्च गरेर पालिका आउनुपर्ने बाध्यता थियो । पालिकामा आउँदा सम्झौताका लागि कागजपत्र नपुग्ने र उपभोक्ताले दुःख पाउने गरेकामा टोलटोलमा नै गएर योजना सम्झौता गर्दा सहज हुने गरेको प्रमुख प्रसाशकीय अधिकृत नवराज वलीले बताए । 

 

समृद्ध कालिञ्चोकका लागि विकास शिविर कालिञ्चोक–६ लापिलाङबाट बिहीबारदेखि सुरु गरिएको छ । प्रत्येक वडामा एक/एक दिन शिविर सञ्चालन गरिने र यही भदौ २७ गतेसम्म पालिको सबै वडामा योजना सम्झौताको काम सकिने योजना रहेको इञ्जिनीयर नारायण शिवाकोटीले जानकारी दिए । पालिकाको यस वर्ष करिब ३०० भन्दाबढी योजना रहेको छ । आफूहरु निर्वाचित भएर ल्याएको अन्तिम बजेट भएको र समयमा नै सक्नुपर्ने बाध्यतासमेत रहेको हुँदा समयमा नै काम सुरु गराउन लागिएको अध्यक्ष थामीले बताए ।

 

 पालिकाले समयमानै योजना सक्न छुटै व्यवस्था समेत बनाएको छ । समयमा नै योजना सम्झौता भए तापनि भुक्तानीको लागि आर्थिक वर्षको अन्तसम्म नै पर्ख नै उपभोक्ताको बानीलाई सुधार गराउन १  लाख रुपैयाँसम्मको योजना सम्झौता भएको मितिले एक महिनाभित्र र रु पाँच लाखसम्मको योजना ३ महिनाभित्र र  १० लाख रुपैयाँसम्मको योजना पाँच महिनाभित्र सम्पन्न गरी भुक्तानी लिनुपर्ने प्रावधान तय गरिएको छ ।