close

देवदहकी उपप्रमुख संक्रमितलाई औषधि दिदै सोध्छिन्ः अहिले कस्तो छ ?

देवदहकी उपप्रमुख संक्रमितलाई औषधि दिदै सोध्छिन्ः अहिले कस्तो छ ?

Trulli
ADVERTISEMENT

रूपन्देही- रूपन्देहीको देवदहका कोरोना संक्रमितहरूलाई रोग प्रतिरोधात्मक क्षमता बढाउने आयुर्वेदिक औषधि वितरण गर्दै उपप्रमुख घरघर पुगेकी छन् ।

 

बिहीबार देवदह नगरपालिकाकी उपप्रमुख विद्यालक्ष्मी गुरुङले होम आइसोलेसनमा बसेका संक्रमितहरूको घरमै पुगेर औषधि वितरण गरेकी हुन् । 

 

स्वास्थ्यकर्मीको टोलीसहित घरघरमा पुगेकी उपप्रमुख गुरुङले संक्रमितको स्वास्थ्य अवस्थाका बारेमा जानकारी लिँदै स्वास्थ्यलाभको कामना पनि गरेकी छन् ।

 

उपप्रमुख गुरुङले स्वास्थ्यमा समस्या देखिए आफूलाई तत्काल जानकारी गराउन आग्रहसमेत गरेकी छन् ।

 

होम आइसोलेसनमा बसेका तीन जना र संस्थागत आइसोलेसनमा बसेका छ जनालाई १००/१०० ग्रामका अश्वगन्ध चुर्ण, अमला चुर्ण र ५०० सय ग्रामको च्यवनप्रास वितरण गरिएको नगरको स्वास्थ्यचौकीका हेल्थ असिस्टेन्ट मेघनाथ न्यौपानेले बताए ।