close

स्वाब संकलक स्वास्थ्यकर्मीमाथि कुटपिट

None

स्वाब संकलक स्वास्थ्यकर्मीमाथि कुटपिट

None

Trulli
ADVERTISEMENT

बैतडी, २३ भदौ,
जिल्लाको सिगास गाउँपालिकामा स्वाब संकलनका लागि हिँडेका स्वास्थ्यकर्मीमाथि कुटपिट भएको छ । सिगास गाउँपालिका वडा–३ बल्लेखान आधारभूत स्वास्थ्य केन्द्रबाट वडा– ५ ढुँगाडमा स्वाब संकलक स्वास्थ्यकर्मी भुपेन्द्र बोहरामाथि सोमबार कुटपिट भएको हो ।

 

भूमिराज आधारभूत विद्यालयमा वनसम्बन्धी बैठक चलिरहेका बेला सामाजिक दूरी कायम गर्न र स्वास्थ्य सुरक्षा सतर्कता अपनाउन आग्रह गर्दा स्थानीय भानसिंह बोहराले कुटपिट गरेको स्वास्थ्यकर्मी बोहराले बताए । उनले भने, ‘विद्यालयमा बैठक चलिरहेको थियो । ती व्यक्तिले मदिरा सेवन गरेर गालीगलौज पनि गरिरहेका थिए । यस्तो बेला भीडभाड नगर्नुस् भनेर सम्झाउँदा ममाथि कुटपिट भयो ।’

 

सिगास गाउँपालिका वडा–५ मा मंगलबार स्वाब संकलन गर्न हिँडेका स्वास्थ्यकर्मीमाथि बाटोमै कुटपिट भएपछि स्वाब संकलनसमेत रोकिएको ढुँगाड स्वास्थ्यचौकीका इन्चार्ज हेमन्तसिंह साउदले जानकारी दिए ।

http://newsportal.cloudfoodsnepal.com/single-news/61

 

उनले भने, ‘हामीले समुदायका मानिसको कोरोना परीक्षणका लागि स्वाब संकलन  तयारी गरेका थियौं, तर स्वाब संकलन गर्ने स्वास्थ्यकर्मीमाथि कुटपिट भएपछि अवरुद्ध भएको छ ।’


स्थानीयको कुटाइबाट स्वास्थ्यकर्मीको घाँटी, खुट्टा र पाखुरामा चोट लागेको छ । स्थानीयले हातपात गरेपछि गाँजरी प्रहरी चौकीमा कारबाहीका लागि निवेदन दिएको स्वास्थ्यकर्मी भुपेन्द्र बोहराले बताए । उनले भने, ‘यसरी मलाई काम गर्न निकै असहज भयो । प्रहरी चौकीमा निवेदन दिएको छु । प्रहरीले कारबाही प्रक्रिया अगाडि बढाएपछि मात्र कार्यक्षेत्रमा फर्किन्छु ।’ 

 

यसैबीच स्वास्थ्यकर्मीमाथि कुटपिट गर्ने सिगास गाउँपालिका– ३ का भानसिंह बोहरालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।  बोहरालाई  मंगलबार दिउँसो घरबाटै नियन्त्रणमा लिइएको बैतडीका प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक नारायणप्रसाद अधिकारीले जानकारी दिए ।

 

कुटपिटको आरोप लागेका बोहरालाई गाँजरी प्रहरी चौकीले नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको उनले जानकारी दिए ।