close

संघीय निजामती सेवा ऐन छिट्टै ल्याइनेछ : प्रधानमन्त्री देउवा

संघीय निजामती सेवा ऐन छिट्टै ल्याइनेछ : प्रधानमन्त्री देउवा

Trulli
ADVERTISEMENT

काठमाडौं– प्रधानमन्त्री शेरबहादुर देउवाले संघीय निजामती सेवा ऐन जतिसक्दो छिटो ल्याएर निजामती प्रशासनलाई थप व्यवस्थित र चुस्त बनाइने बताएकाछन् । नेपाल निजामती कर्मचारी युनियनको स्थापना दिवस, २०७८ का अवसरमा प्रकाशन गरिएको कर्मचारी पत्रिकाको शनिबार विमोचन गर्दै प्रधानमन्त्री देउवाले  सरकार निजामती कर्मचारीका हकहित र सुरक्षामा संवेदनशील रहेको बताए ।

 

मुलुकको स्थायी सरकारका रूपमा रहेको कर्मचारीतन्त्रले इमान्दारिता र निष्पक्षतापूर्वक सेवाग्राहीमैत्री भएर नागरिकलाई सेवा दिनुपर्ने बताउँदै प्रधानमन्त्री देउवाले सो कार्यका लागि सम्पूर्ण निजामती कर्मचारीलाई आह्वानसमेत गरे । उनले कानुनले दिएका अधिकारभित्र रहेर नियमसम्मत तरिकाले जनतालाई सेवा प्रदान गर्ने कार्यमा निजामती कर्मचारी युनियनले आफ्नो सङ्गठनात्मक शक्ति र सहयोग प्रदान गर्ने विश्वास व्यक्त गरे ।

 

सोे अवसरमा प्रधानमन्त्री देउवाले निवर्तमान सचिव गोपीनाथ मैनालीलाई दोसल्ला ओढाएर प्रमाणपत्रका साथ सम्मान गरेका थिए ।  कार्यक्रममा कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल र नेता कृष्णप्रसाद सिटौलाले निजामती कर्मचारीले जनतालाई दिने प्रभावकारी एवं चुस्त सेवासँग सरकारको सफलता गाँसिएको बताउँदै त्यसतर्फ इमान्दारितापूर्वक लाग्न सम्पूर्ण कर्मचारीलाई आग्रह गरेका थिए ।