close

नदी कटानको जोखिममा अमलसेडी बस्ती

नदी कटानको जोखिममा अमलसेडी बस्ती

Trulli
ADVERTISEMENT

बाजुरा– बाजुराको बडिमालिका नगरपालिका वडा नम्बर २ मैमातोला अमलसेडी बस्ती नदी कटानको उच्च जोखिममा परेको छ ।

 

बस्ती तलबाट बूढीगंगा नदीले कटान गर्न थालेपछि बाढीपहिरोको जोखिममा परेको हो । लामो समयदेखि बसोबास गरिरहेका स्थानीयको सबै जमिन बूढीगंगा नदीले बर्सेनि कटान गरिरहेको छ । यसअघि सुरक्षित रहेको बस्ती करिब २ वर्षयता जोखिममा परेको हो ।


बस्ती तलबाट जमिन विस्तारै कटान गर्न थालेपछि विस्थापित हुने अवस्थामा पुगेको स्थानीय मीनबहादुर रोकायाले बताए । बस्ती तलबाट आउने बूढीगंगा नदीका कारण पूरै जमिन कटान गरिरहेको उनको भनाइ छ । बारम्बार स्थानीय सरकारलाई गुहार्दा पनि वास्ता नगरेको स्थानीयको गुनासो छ ।

 

स्थानीयले बडिमालिका नगरपालिकालाई बस्ती जोखिममा परेको जानकारी गराउँदा पनि रेखदेखमा चासो नदिएको स्थानीय बताउँछन् ।बडिमालिका नगरपालिका वडा नम्बर २ का वडाध्यक्ष डम्मरबहादुर महतले बस्ती तत्कालै सुरक्षित स्थानमा सार्न पहल भइरहेको जानकारी दिए । स्थानीयको ३० रोपनी बढी खेतीयोग्य ज जमिन नदीले कटान गरिसकेको छ ।