close

नेकपा (एकीकृत समाजवादी) ले तोक्यो सचिवालय तथा प्रदेश इञ्चार्ज 

नेकपा (एकीकृत समाजवादी) ले तोक्यो सचिवालय तथा प्रदेश इञ्चार्ज 

Trulli
ADVERTISEMENT

काठमाडौं– नेकपा (एकीकृत समाजवादी) ले प्रदेश इञ्चार्ज तोकेको छ ।  पार्टीले प्रदेश १ मा घनेन्द्र बस्नेत, प्रदेश २ मा धर्मनाथ शाह, वाग्मती प्रदेशमा केदार न्यौपाने, गण्डकी प्रदेशमा केशवलाल श्रेष्ठ, लुम्बिनी प्रदेशमा भागवत् विश्वासी र कर्णाली प्रदेशमा प्रकाश ज्वालालाई प्रदेश इञ्चार्जको जिम्मेवारी दिएको छ । 

 

पार्टीका केन्द्रीय सदस्य दीलु पन्तका अनुसार सुदूरपश्चिममा इञ्चार्ज पछि तय गरिनेछ । उपत्यका विशेष प्रदेशमा विश्वनाथ प्याकुरेल, सम्पर्क विशेष प्रदेशमा विजय गुरुङ, मोर्चा इञ्चार्जमा डा विजय पौडेल, प्रचार विभाग प्रमुखमा जगन्नाथ खतिवडा र प्रवास क्षेत्रमा श्रीप्रसाद शाहलाई जिम्मेवारी दिइएको छ ।  

 

यसैगरी अदालत र निर्वाचनसम्बन्धी काम हेर्ने जिम्मेवारी राजेन्द्र पाण्डे, विजय पौडेल र रामकुमारी झाँक्रीलाई तथा संसदीय कामको जिम्मेवारी विरोध खतिवडा, कल्याणी खड्का, जीवनराम श्रेष्ठ र ठगेन्द्र पुरीलाई तोकिएको छ । 

 

त्यस्तै दस्तावेज मस्यौदा कमिटीमा वरिष्ठ नेता झलनाथ खनालको संयोजकत्वमा १३ सदस्य छन् । दैनिक कार्य सञ्चालनका लागि डा बेदुराम भुसालको संयोजकत्वमा छ सदस्यीय समिति गठन गरिएको छ ।  

 

यसअघि गठन गरिएको स्थायी कमिटीमा पार्टीका अध्यक्ष माधवकुमार नेपाल, वरिष्ठ नेता झलनाथ खनाल, मुकुन्द न्यौपाने, डा बेदुराम भुसाल र प्रमेश हमाल छन् ।