close

महिला लेखनदास बनाउँदै वीरेन्द्रनगर

महिला लेखनदास बनाउँदै वीरेन्द्रनगर

Trulli
ADVERTISEMENT

वीरेन्द्रनगर– कर्णाली प्रदेशमै पहिलोपटक महिला लेखनदास बनाउन लागिएको छ । वीरेन्द्रनगर नगरपालिकाले महिला लेखनदास बनाउन सुरु गरेको छ । जसका लागि ५० जना महिलालाई तालिम दिन थालिएको छ । 

 

वीरेन्द्रनगर न्यायिक समितिले आइतबारदेखि महिला स्वरोजगार कार्यक्रमसँग जोड्नका लागि महिलालाई लेखनदास तालिम दिन सुरु गरेको हो । तालिम सम्पन्न भएपछि जिल्ला अदालत सुर्खेतले लेखनदास परीक्षा सञ्चालन गर्ने र उक्त परीक्षा पास गर्ने सहभागीलाई लेखनदास प्रमाणपत्र उपलब्ध गराइनेछ । 

 

‘महिलालाई लेखापढी व्यवसायमा सक्षम बनाउने उद्देश्यले कर्णाली प्रदेशमै पहिलोपटक यो तालिम दिइएको छ । ‘महिला पनि लेखापढी व्यवसाय गर्न सक्षम छन् भन्ने देखाउन हामीले यो तालिमको आयोजना गरेका हौँ ।’ नगरउपप्रमुख मोहनमाया ढकालले भनिन्, ‘कम्तीमा अहिले बेरोजगार रहेका वीरेन्द्रनगर नगरपालिकाका ५० जना महिला दिदीबहिनी स्वरोजगार बन्न सक्नेछन् ।’ जसले  गर्दा आफ्नो क्षमताअनुसार काम गर्न र नगरपालिकालाई आत्मनिर्भर बनाउन भूमिका निर्वाह गर्ने उनको भनाइ छ । 

 

तालिमलाई महिला स्वरोजगारसँग पनि जोडिएको छ । नेपाल कानून समाजका वरिष्ठ अधिवक्ता खिमलाल देवकोटा, नगरपालिकाका कानूनी सल्लाहकार वरिष्ठ अधिवक्ता कृष्णबहादुर हमाल, वैतनिक वकिल गीता कोइराला लगायतले प्रशिक्षण दिएका छन् । तालिम तीन दिनसम्म सञ्चालन हुने नगरपालिकाले जनाएको छ ।