close

कृषि कर्मलाई आम्दानीको थैलो बनाउने छत्रकोटका ३१ किसानले पाए पेन्सन 

कृषि कर्मलाई आम्दानीको थैलो बनाउने छत्रकोटका ३१ किसानले पाए पेन्सन 

Trulli
ADVERTISEMENT

रूपन्देही– गुल्मीको छत्रकोट गाउँपालिकाल ‘कृषक पेन्सन’ कार्यक्रम सुरु गरेको छ । किसानलाई प्रोत्साहित गर्दै कृषि क्षेत्रमा आत्मनिर्भर बनाउन गत आर्थिक वर्षदेखि नै यो कार्यक्रम लागू गरिएको गाउँपालिकाले जनाएको छ । 


कार्यक्रमअन्तर्गत मासिक १ हजार रुपैयाँका दरले कृषक पेन्सनको व्यावस्था गरिएको छ । व्यावसायिक खेती र पशुपालन गरिरहेका किसानलाई उत्पादन र आम्दानीको आधारमा पेन्सन दिइने गाउँपालिका कृषि शाखा प्रमुख सपना भण्डारीले बताइन् ।


कार्यक्रमअन्तर्गत करिब ३१ बढी किसानले पेन्सन लिइरहेको उनको भनाइ छ । गाउँपालिकामा करिब २ सय बढी किसानले व्यावसायिक कृषि खेती गर्छन् ।
तर, गाउँपालिकाले उत्पादन र आम्दानीको आधारमा व्यवसायीलाई क, ख, र ग वर्गमा छुट्याएको गाउँपालिकाले जनाएको छ । 


पेन्सन लिन गाउँपालिकाको कार्यविधिमा भएअनुसार वार्षिक ३ लाख ४० हजार रुपैयाँ बढी आम्दानि गर्ने क वर्गको किसानलाई पेन्सन दिइनेछ । छत्रकोटका अधिकांश व्यावसायिक किसानले सिजनअनुसार टमाटर, काक्रो र सुन्तलाबाट मनग्य आम्दानी लिँदै आएका छन् भने पशुपालनतर्फ बंगुर, खसी, बोका, कुखुराबाट राम्रै आम्दानी गर्दै आएका छन् । 


छत्रकोटका अधिंकाश ठाउँमा सडक पुगेको छ । कृषि पेसामा रमाएका किसानलाई सडक बनेपछि बजारीकरण गर्ने सुविधा भएको छ । छत्रकोट वडा नम्बर १ हुँगाका किसान दानबहादुर पल्ली कृषक पेन्सन कार्यक्रम सुन्दा खुसी लागेको बताउँछन् । उनी छत्रकोटका व्यावसायिक कृषक पनि हुन् । मासिक १ लाख रुपैयाँ बढी आम्दानी गर्ने पल्लीको कृषि फार्ममा १२ भन्दा कामदार छन् ।


मासिक १ लाख रुपैयाँ बढी कमाइ गर्दै आएकामा पालिकाले वास्तविक कृषक पहिचान गरी पेन्सन व्यवस्था गरेकामा खुसी लागेको उनले सुनाए । पालिकाले २०७९ सम्म करिब १ सय किसानलाई पेन्सन दिने लक्ष्य रहेको वडा नम्बर ५ का वडाध्यक्ष कृष्ण पन्तले जानकारी दिए । किसान पेन्सन कार्यक्रम सुरुआत गर्ने छत्रकोट गुल्मीकै पहिलो स्थानीय तह हो ।