close

नमोबुद्धको भकुन्डेबाट अलपत्र वृद्धको उद्दार

नमोबुद्धको भकुन्डेबाट अलपत्र वृद्धको उद्दार

Trulli
ADVERTISEMENT

काभ्रे– लामो समयदेखि काभ्रेको नमोबुद्ध नगरपालिका भकुन्डे बजार क्षेत्रमा अलपत्र अवस्थामा रहँदै आएका एक वृद्धको उद्दार गरिएको छ ।


नमोबुद्ध नगरपालिकाका प्रमुख टिपी शर्मा तिमल्सिनासहितका जनप्रतिनिधिको पहलमा अन्दाजी ७० वर्षका वस्तलाल श्रेष्ठलाई आइतबार उद्दार गरी मानव कल्याण समाज काभ्रेको धुलिखेलस्थित सेवा घरमा पठाइएको हो । 


नमोबुद्ध नगरपालिका वडा नम्बर ८ स्थायी घर भएका ती वृद्ध झन्डै ३० वर्षदेखि बजार क्षेत्रमा मागेर गुजारा गर्दै आएका थिए । पछिल्लो समय उनको स्वास्थ्य अवस्थामा समस्या देखिन थालेपछि मेथिनकोट अस्पतालमा उपचार गराई संरक्षणका लागि सेवा घरमा पठाइएको नगरप्रमुख तिमल्सिनाले बताए । 

 

नमोबुद्धको वडा नम्बर ८ का वडा सदस्य मनोजप्रसाद अधिकारीका अनुसार वृद्धको परिवारका कोही सदस्य पनि जीवित छैनन् भने उनको सम्पत्तिसमेत केही छैन ।

 

श्रेष्ठको उद्दारका लागि नगरप्रमुख तिमल्सिना, वडा नम्बर ७ का वडाध्यक्ष धर्मसिं लामा, वडा नम्बर ८ का वडा सदस्य मनोजप्रसाद अधिकारीलगायतको टोली पुगेको थियो । 

 

नमोबुद्धले नगरपालिका क्षेत्रमा अलपत्र अवस्थामा रहँदै आएका सडक मानवको उद्धार गर्दै आएको छ । यसअघि नगरपालिकाले चार जनालाई उद्दार गरी मानव कल्याण समाजको सेवा घरमा पठाइसकेको छ ।


नगरपालिकालाई सडक मानवमुक्त नगर बनाउने अभियानअनुसार सेवा घरसँगको सहकार्यमा सडकमा अलपत्रको उद्दार गरिँदै आएको नगरप्रमुख तिमल्सिनाले बताए ।