close

खुल्ने भए उपत्यकाका विद्यालय 

खुल्ने भए उपत्यकाका विद्यालय 

Trulli
ADVERTISEMENT

काठमाडौं– सोमबार काठमाडौं जिल्ला प्रशासन कार्यालयका प्रमुख जिल्ला अधिकारीलगायत उपत्यकाका स्थानीय तहका प्रतिनिधिबीचको बैठकले आउँदो १ असोजदेखि विद्यालयमा भौतिक रूपमै पठनपाठन गर्ने निर्णय गरेको छ । 

 

काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले उपत्यकाका स्थानीय तहले कोभिडको अवस्था हेरेर १ असोजदेखि विद्यालय खोल्न सक्ने बताए ।

 

‘बैठकले स्थानीय तहले अभिभावक र शिक्षकसँग छलफल गरेर कोभिडको अवस्था मूल्यांकन गरी १ असोजदेखि विद्यालय सञ्चालन गर्न सकिने निर्णय गरेको छ,’ उनले भने । 

 

विद्यालय सञ्चालन गर्दा नगरपालिकाले अनिवार्य सरकारले तोकेको स्वास्थ्य मापदण्ड पालना गर्नुपर्ने र सोको पालना भएको÷नभएको भनेर नियमित नियमन गर्नुपर्नेछ ।

 

उपत्यकाका केही नगरपालिकाले भने यसअघि नै विद्यालय खोल्न थालेकामा अब सबै स्थानीय तहमा विद्यालय सञ्चालन गर्ने निर्णय निर्णय लिएको उनले जानकारी दिए ।

 

जिल्ला प्रशासन कार्यालयले अघिल्लो साता नै उपत्यकामा विद्यालय सञ्चालन गर्न सक्ने गरी आदेश जारी गरेसँगै स्थानीय तहहरूले विद्यालय खोल्ने तयारी गरेका हुन् । 

 

तर, विद्यालय सञ्चालन गर्दा स्थानीय तहले जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रसँग समन्वय गर्नुपर्ने भनिएपछि अन्तिम टुंगो सोमबारको बैठकले लगाएको हो । 

 

विज्ञहरूले भने अहिले नै विद्यालय खोल्ने बेला नभएकाले कम्तीमा दसैं, तिहारपछि मात्र यसबारे निर्णय लिन सुझाएका थिए  
स्थानीय तहले एकल निर्णयबाट मात्रै विद्यालय खोल्न पाउने छैनन् । प्रजिअ पराजुलीका अनुसार विद्यालय खोल्नुपूर्व स्थानीय तहले अभिभावकसँग छलफल गर्नुपर्नेछ ।

 

‘१ असोजदेखि विद्यालय खुल्ने भनेको ‘वार्मअप’ कै लागि हो । पूर्ण रूपमा विद्यालय सञ्चालन भने दसैं, तिहारपछि नै हो,’ उनले भने ।