close

काठमाडौँ महानगरपालिका साक्षर घोषित

काठमाडौँ महानगरपालिका साक्षर घोषित

Trulli
ADVERTISEMENT

काठमाडौं– काठमाडौं महानगरपालिका साक्षर घोषित भएको छ । काठमाडौँका जिल्ला समन्वय समितिका प्रमुख शिवसुन्दर  वैद्य, उपप्रमुख हरिप्रभा खड्गी, शिक्षा विकास तथा समन्वय एकाइ, काठमाडौँ प्रमुख नन्दलाल पौडेलको उपस्थितिमा आज पद्मोदय माविमा आयोजित कार्यक्रममा महानगरका ९६ दशमलव ६ प्रतिशत नागरिक साक्षर भएको घोषणा गरिएको हो ।

 

साक्षरताको राष्ट्रिय मापदण्डअनुसार १५ वर्षभन्दा माथिको उमेर समूहका ९५ प्रतिशत नागरिक साक्षर भएका जिल्ला वा पालिकालाई साक्षर घोषणा गर्न सकिनेछ  । मुलुकका धेरै जिल्लामा नागरिक बसोबास गर्ने महानगरमा साक्षरता प्रतिशत बढाउनु र तथ्याङ्कको सङ्कलन गर्नु चुनौती बन्दै आएको थियो । कार्यक्रममा साक्षर महानगर बनाउन भूमिका खेल्ने विभिन्न १५ सामुदायिक सिकाइ केन्द्रलाई सम्मान गरिएको थियो ।