close

कमेडी च्याम्पियन स्पर्धी भरतमणिलाई गृहजिल्लामा बाजागाजासहितको स्वागत 

कमेडी च्याम्पियन स्पर्धी भरतमणिलाई गृहजिल्लामा बाजागाजासहितको स्वागत 

Trulli
ADVERTISEMENT

ताप्लेजुङ– कमेडी च्याम्यिनको उत्कृष्ट ३ (फाइनालिस्ट) मा पर्न सफल भरतमणि पौडेललाई गृहजिल्ला ताप्लेजुङमा स्वागत गरिएको छ । 
पौडेललाई ताप्लेजुङ–पाँचथरको सीमा क्षेत्र काबेलीबाट मोटरसाइकल र्‍यालीसहित फुङ्लिङ भित्र्याएर तोक्मेडाँडाबाट नौमति बाजा र च्याब्रुङसहित भेषभूषामा सजिएका नागरिकले नगर परिक्रमा गराएका छन् ।

 

उनको स्वागतमा फुङ्लिङ बजारका नागरिकले घरअगाडि घडा सजाएका थिए । कमेडी च्याम्पियन सिजनको २ को उपाधि चुम्ने शुभकामना दिँदै ताप्लेजुङका नागरिकले फूल, माला, खादा र अबिर लगाए । उनको सम्मानमा नगर क्षेत्रका हरेक नागरिकले सडकमा निस्किएर तालीको गडगडाहटसहित अझ प्रगतिको शुभकामना दिए ।

 

‘मेरो कलाको सम्मानका लागि उहाँहरूले गर्नुभएको यो सम्मानलाई प्रार्थना सम्झिएको छु,’ पौडेलले भने, ‘अब एक पटक फेरि मेरो कलाको सम्मानका लागि तपाईंहरूले भोट दिएर कमेडी च्याम्यिपन सिजन २ को विजेता बनाउन पहल गर्नुहोला ।’  सोमबार  काठमाडौंबाट भद्रपुर विमानस्थलमा ओर्लिएलगत्तै पौडेललाई र्‍यालीसहित बिर्तामोड पुर्‍याइएको थियो । ‘झापामा भव्य स्वागत र सम्मान भयो’, भरतमणि जिताऔँ अभियानका सदस्य केशव आचार्यले भने । 

 

झापामा छोटो प्रहसन सकेपछि इलाम हुँदै पाँचथर आइपुगेका उनलाई फिदिम बजारमा स्वागत गरिएको थियो । ‘उहाँको कलाले सबैलाई मोहित बनाएको छ,’ पत्रकार महासंघ पाँचथरका अध्यक्ष गिरीराज बाँस्कोटाले भने ।

 

भरतमणि नेपाल पत्रकार महासंघ ताप्लेजुङ शाखाका सदस्य पनि हुन् । ताप्लेजुङ उद्योग वाणिज्य संघका अध्यक्ष तारानाथ घिमिरेले उमेर कलिलै भए पनि रोचक–घोचक कलाका धनी भरतमणि कलाकै मणि भएको प्रतिक्रिया दिए ।

 

प्रधानमन्त्री शेरबहादुर देउवा, पूर्वराजा ज्ञानेन्द्र शाह, पूर्वप्रधानमन्त्री केपी ओली, पुष्पकमल दाहाल, झलनाथ खनाल, माधवकुमार नेपाल, बाबुराम भट्टराई, पूर्वयुवराज पारस, पूर्वपर्यटनमन्त्री योगेशकुमार भट्टराई, पूर्वसञ्चारमन्त्री गोकुल बाँस्कोटा, नेता राजेन्द्र महतोसहितका सयौँ व्यक्तिको स्वर दुरुस्तै बोल्न सक्ने क्षमताका भरतमणि पछिल्लो समय पूर्वयुवराज पारसको अभियनबाट निकै चर्चामा छन् ।

 

पूर्वमन्त्री बाँस्कोटा र महतो तथा राष्ट्रिय सभाका सांसद रामनारायण बिडारीको स्वर केन्द्रित रहेर उनले गरेको डेरा खोज्ने अभिनय, बेरोजगार युवाका पक्षमा व्यंग्यमार्फत गरिएको प्रहार, बुढेसकालका बुबाआमालाई वृद्धाश्रम पठाउने छोराछोरीविरुद्ध उनका पछिल्ला प्रस्तुतिले चोटिलो सन्देश दिएको छ ।

 

भरतमणि कमेडी च्याम्पिनका सर्वाधिक पर्पmमर अफ डेको उपाधिबाट सम्मानित हुने स्पर्धी पनि हुन् । उनीसँगै सिक्किमका बिक्की अग्रवाल र गोरखाका सन्तोष थापा उत्कृष्ट ३ मा छन् । अब भोटका आधारमा २ असोजमा कमेडी च्याम्पियन छानिनेछ ।