close

राउटे भाषाको लिपि तयार गरिँदै

राउटे भाषाको लिपि तयार गरिँदै

Trulli
ADVERTISEMENT

सुर्खेत– जंगलमा फिरन्ते जीवन बिताउँदै आएको लोपोन्मुख समुदाय राउटले बोल्ने भाषाको लिपि तयार गरिने भएको छ । आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान नेपालले राउटे भाषाको लिपि तयार गर्ने भएको हो । 


प्रतिष्ठानका कार्यकारी उपाध्यक्ष गोकुल घर्तीले आफ्नो कार्यकालमा राउटे समुदायले बोल्ने भाषाको लिपि तयार गरिसक्ने दाबी गरे । सुर्खेतको गुर्भाकोटमा बस्दै आएका राउटे बस्तीमा आइतबार राहत सामग्री लिएर पुगेका उनले फिरन्ते जीवन बिताइरहेका आदिवासी राउटे समुदायको पहिचानलाई जोगाउँदै समयानुकूल परिवर्तन गर्न प्रतिष्ठानले पहल गर्ने उनले प्रतिबद्धता जनाए । ‘अहिले राउटेको अस्तित्व संकटमा पर्ने देखिएको छ,’ उनले भने, ‘राउटे संरक्षणमा सबैले ध्यान दिन आवश्यक छ ।’ 


राउटे समुदाय आदिवासीभित्र पनि पिछडिएको अबस्थामा रहेकाले तिनका आधारभूत आवश्यकता परिपूर्ति हुने गरी सामाजिकीकरण गर्न सरकारले उचित ध्यान दिनुपर्ने नेपाल आदिवासी जनजाति महासंघ अध्यक्ष जगत बरामले बताए । 


राउटे समुदायलाई खाधान्न, लत्ता कपडालगायत सामग्री हस्तान्तरण गरिएको थियो । राउटे मुखिया सूर्यबहादुर शाहीले राहत सामग्री उपलब्ध गराएकामा धन्यवाद दिए ।