close

यस वर्षको नोबेल शान्ति पुरस्कार विश्व खाद्य कार्यक्रमलाई

यस वर्षको नोबेल शान्ति पुरस्कार विश्व खाद्य कार्यक्रमलाई

Trulli
ADVERTISEMENT

काठमाडौं- सन् २०२० को नोबेल शान्ति पुरस्कार विश्व खाद्य कार्यक्रम (डब्लूएफपी)लाई दिइने भएको छ । नर्वेको नोबेल कमिटीका अध्यक्ष बेरिट राइस एन्डरसनले शुक्रबार नोबेल शान्ति पुरस्कारको घोषणा गरेकी हुन् । 


उनका अनुसार डब्लूएफपीले सन् २०१९ मा ८८ देशका करिब ९.७ करोड मानिसलाई सहायता गरेको थियो ।


योस वर्ष शान्ति पुरस्कारका लागि ३१८ को नाम सिफारिस भएको थियो । यसमा २११ व्यक्ति र १०७ संस्था थिए । यसमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको नाम पनि सिफारिस गरिएको बताइएको थियो ।


इजरायल र यूएईबीचको शान्ति सम्झौताका लागि खेलेको भूमिकाका लागि राष्ट्रपति ट्रम्पलाई नोबेल शान्ति पुरस्कारको हकदार मानिएको थियो ।

 

नोबेल शान्ति पुरस्कारका लागि ट्रम्पको नाम सिफारिस भएको यो पहिलो पटक भने होइन । सन् २०१८ मा पनि दक्षिण कोरिया र उत्तर कोरियाको सम्बन्ध सुधारमा खेलेको भूमिकाका लागि उनको नाम सिफारिस गरिएको थियो तर त्यतिबेला पुरस्कार जित्न सकेनन् ।