close

काष्ठमण्डपको छानो छाउन थालियो,  पुनःनिर्माणमा ११ करोड ५० लाख सकियो

काष्ठमण्डपको छानो छाउन थालियो,  पुनःनिर्माणमा ११ करोड ५० लाख सकियो

Trulli
ADVERTISEMENT

काठमाडौं– ऐतिहासिक तथा पुरातात्विक महत्व बोकेको बसन्तपुरस्थित काष्ठमण्डपको छानो छाउने काम सुरु गरिएको छ । 

 

२०७२ वैशाख १२ गते आएका विनाशकारी भूकम्पले क्षति पुगेपछि पुनःनिर्माण गरिएको काष्ठमण्डपको अन्य काम सकेर छानो छाउने काम सुरु गरिएको हो । सातौँ शताब्दीमा बनेको सो सम्पदामा मौलिक प्रविधिको प्रयोग गरेर झिङ्गटीको छानो छाउने काम सुरु गरिएको काष्ठमण्डप पुनःनिर्माण समितिका अध्यक्ष राजेश शाक्यले जानकारी दिए । 

 

‘काष्ठमण्डप सम्पदाको पुनःनिर्माणको काम निरन्तर भइरहेको छ, सम्पदाको पुनःनिर्माणको काम सम्पन्न गर्न अझै केही महिना लाग्न सक्छ’, उनले भने । काष्ठमण्डपको ऐतिहासिकतालाई बचाएर काष्ठमण्डपको पुनःनिर्माण हुने उनको भनाइ थियो । 

 

काष्ठमण्डप सम्पदा पुनःनिर्माणका लागि हालसम्म ११ करोड ५० लाख खर्च गरिएको छ । काठमाडौँ महानगरपालिकाको अनुदान सहायतामा भइरहेको पुनःनिर्माणको काम छिटो सम्पन्न गरी उद्घाटन गर्ने योजना रहेको अध्यक्ष शाक्यले बताए । काठैकाठको प्रयोग, झिङ्गटीका छाना, चारकुने इँटाका गरा, लेसाइलो माटोको लिपाइ, मिहिन बुट्टा कुँदिएका काठको विशाल संरचना काष्ठमण्डपमा पाइन्छ । 

 

करिब  १९ करोड लागत अनुमान गरिएको उक्त ऐतिहासिक तथा पुरातात्विक महत्वको सम्पदाको काम चाँडो सक्ने गरी काम भइरहेको अध्यक्ष शाक्यले बताए ।