close

नेप्सेमा उच्च अंकको गिरावट

नेप्सेमा उच्च अंकको गिरावट

Trulli
ADVERTISEMENT

काठमाडौं– धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज पनि उच्च अंकले ओरालो लागेको छ । आइतबार उच्च अंकले  घटेको बजार सोमबार पुनः उल्लेख्यरूपमा उकालो लाग्यो । शेयर कारोबार हुने साताको तेस्रो दिन मंगलबार नेप्सेमा ४४.१८ विन्दुले ओरालो लागेर दुई हजार ९३६.६० मा ओर्लेको छ । यस्तै, ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ५.०५ विन्दुले घटेर ५४८.३५ मा ओर्लेको छ । 

 

नेप्से ओरालो लागेसँगै कारोबार रकमसमेत ओरालो लागेको छ । कुल २२२ कम्पनीको एक करोड ५० लाख ८२ हजार ८१ कित्ता शेयर ८६ हजार ५०८ पटक शेयर कारोबार भयो । नेप्सेका अनुसार कूल ७  अर्ब ४९ करोड ५८ लाख १२ हजार १६१ मूल्यमा खरिद बिक्री भए । 

 

कारोबार भएका कूल १३ उपसमूहमध्ये दुई उपसमूहको शेयर उकालो लागेको छ । अन्य १९.६६ र सामूहिक लगानी कोष ०.०९ विन्दुले उकालो लागेको छ । यस्तै, बैंकिङ ३३.४९, व्यापार ५४.३७, होटल तथा पर्यटन १०९.१४, विकास बैंक ७१.८१, जलविद्युत् ५१.५, वित्त ४९.२१, निर्जीवन बीमा २९०.२३, उत्पादन १३३.८८, लघुवित्त १४६.७७, जीवन बीमा ३०२.८ र लगानी ०.४४ विन्दुले ओरालो लागेको छ । 

 

नेप्सेका अनुसार कारोबारका आधारमा युनाइटेड मोदी हाइड्रोपावर शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको रु ६१ करोड ९२ लाख ९१ हजार ६९२ मूल्यमा कारोबार भएको छ । अरुण भ्याली हाइड्रोपावर  ३८ करोड ४२  लाख ८७ हजार ४८२, अपि पावर कम्पनी  १९ करोड १२ लाख २१ हजार १३७, ज्योति विकास बैंक  १७ करोड ५७ लाख ८८ हजार र रिडी हाइड्रोपावर कम्पनीको  १६ करोड चार लाख ९७ हजार ८१५ बराबरको कारोबार भई शीर्ष स्थानमा रहे । 

 

नेप्सेका अनुसार सानिमा लाइफ इन्स्योरेन्सको शेयर मूल्यमा १० प्रतिशतले वृद्धि भई सकारात्मक सर्किट लाग्यो । युनाइटेड मोदी हाइड्रोपावर ७.७८, एचआइडिसीएल ५.१६, युनिलिभर नेपाल ५.०३ र मनकामना स्मार्ट लघुवित्तका लगानीकर्ताले ४.०१ प्रतिशतले कमाए । 

 

त्यस्तै, आरएमडिसी ७.७३, रुरु जलविद्युत् परियोजना ७.०१, प्रोगेसिभ फाइनान्स ५.६०, फस्र्ट माइक्रोफाइनान्स ५.४८ र माउण्टेन इनर्जी नेपालका लगानीकर्ताले ५.३७ प्रतिशतले गुमाए । मङ्गलबारको कारोबारपछि बजार पूँजीकरण  ४१ खर्ब नौ अर्ब ७६ करोड तीन लाख ७४ हजार ११० रुपैयाँ बराबर पुगेको छ ।