close

एमाले फुटेको होइन, चोइटिएको हो : अध्यक्ष ओली

एमाले फुटेको होइन, चोइटिएको हो : अध्यक्ष ओली

Trulli
ADVERTISEMENT

गण्डकी– नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले एमाले फुटेको नभई चोइटिएको बताएकाछन् । नेकपा एमाले कास्की जिल्ला कमिटिद्वारा पोखरामा आयोजित बृहत् कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले अवसरवादीहरुले पार्टीलाई कमजोर बनाउन खोजे पनि पार्टी सङ्गठन बलियो भएर अघि बढ्ने बताए ।

 

निरन्तर मुलुक र जनताको पक्षमा काम गर्दै आएको एमालेले आगामी निर्वाचनमा एक्लै लडेर स्पष्ट बहुमत ल्याउने विश्वास व्यक्त गर्दै अध्यक्ष ओलीले समृद्ध नेपाल सुखी नेपाली अभियानलाई अघि बढाउन भ्रम र अलमलमा नपर्न कार्यकर्तालाई अनुरोध गरे ।

 

कास्कीमा जस्तै नेकपा एमालेको सङ्गठनलाई देशव्यापी एकताबद्ध बनाउनुपर्ने बताउँदै उनले जनताका हर समस्यामा सहयोग गर्ने गरी पार्टीको समाजसेवी दस्ता तयार गर्ने तयारी भइरहेको जानकारी दिए । उनका अनुसार पार्टीको आन्तरिक सहयोग जुटाएर जनताको आवश्यकतानुसार काम गर्ने दस्ताको मुख्य लक्ष्य रहनेछ ।

 

पार्टीका स्थायी समिति सदस्य सुरेन्द्र पाण्डेले आन्तरिक सङ्घर्ष पार्टी फुटाउनका लागि नभई सुदृढीकरणका लागि हुने विश्वास व्यक्त गर्दै कार्यकर्तालाई सङ्गठित भएर पार्टी निर्माणमा जुटन आग्रह गरे ।