close

बागलुङ र पर्वत जोड्ने झोलुंगे पुलको नाम  ‘गण्डकी गोल्डेन ब्रिज’ 

बागलुङ र पर्वत जोड्ने झोलुंगे पुलको नाम  ‘गण्डकी गोल्डेन ब्रिज’ 

Trulli
ADVERTISEMENT

बागलुङ– सिंगल स्पान प्रविधिमा विश्वकै लामो बागलुङ र पर्वत जोड्ने झोलुंगे पुललाई ‘गण्डकी गोल्डेन ब्रिज’ अर्थात गण्डकी सुनौलो झुला नामकरण गरिएको छ ।

पुलको संरक्षणकर्ताका रुपमा रहेको बागलुङ नगरपालिकाको कार्यपालिका बैठकले बांगेचौरबाट पर्वतको अदुवाबारी जोड्ने झोलुंगे पुललाई गण्डकी गोल्डेन ब्रिज नामकरण गरेको हो । अङ्ग्रजी र नेपाली दुवै भाषाको नाम स्वीकृत भएको नगरप्रमुख जनकराज पौडेलले बताए ।

पुलको नयाँ नामसँगै जिल्लामा पर्यटन भित्र्याउन सहयोग पुग्ने नगरपालिकाको विश्वास छ । पुलको उद्घाटन गरेर पुलको नामकरणका लागि नगरपालिकाले आवेदन माग गरेको थियो । पुलको उत्कृष्ट नाम छनोटमा पर्नेलाई  २५ हजार राशिको पुरस्कारसमेत घोषण गरिएको थियो । 


बागलुङ नगरपालिका–१ रामरेखादेखि पर्वत जिल्लाको कुस्मा नगरपालिका–१ अदुवाबारी जोड्ने कालीगण्डकी नदीमाथि निर्माण गरिएको ५६७ मिटरको सो पुल नगरपालिकाले विश्वकै लामो दाबी गर्दै गिनिज बुकमा दर्ता गराउन निवेदन दिएको छ ।