close

दुप्चेश्वर गाउँपालिकाका अध्यक्ष, उपाध्यक्षसहित ११ जनामा कोरोना संक्रमण

दुप्चेश्वर गाउँपालिकाका अध्यक्ष, उपाध्यक्षसहित ११ जनामा कोरोना संक्रमण

Trulli
ADVERTISEMENT

नुवाकोट- नुवाकोटको दुप्चेश्वर गाउँपालिकाका अध्यक्ष, उपाध्यक्षसहित  ११ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । २१ असोजमा गरिएको स्वाव परीक्षणबाट आफू र उपाध्यक्षलगायत ११ जनामा कोरोना संक्रमण पोजेटिभ देखिएको गाउँपालिकाका अध्यक्ष योविन्द्र सिँह तामाङले जानकारी दिए ।

 

यस्तै  उपाध्यक्ष अन्जु आचार्यले पनि आफ्नो रिपार्ट पोजेटिभ आएको जानकारी दिइन् । अध्यक्ष र उपाध्यक्ष दुवै जनाले आफूसँग सम्पर्कमा आएकाहरुलाई सुरक्षित रहन र परीक्षण गराउन भनेका छन् ।

 

कोरोना संक्रमण हुनेमा गाउपालिका अध्यक्ष, उपाध्यक्ष, अध्यक्षको गाडी चलाउने चालक, कार्यालय सहयोगी, एम्बुलेन्स चालक २ जना र बाँकी ५ जना शिक्षक छन् ।