close

महालक्ष्मीका महिला छमछमी नाचे, तिजको दर खाए

महालक्ष्मीका महिला छमछमी नाचे, तिजको दर खाए

Trulli
ADVERTISEMENT

धनकुटा– धनकुटाको महालक्ष्मी नगरपालिकाले हरितालिका तिज अवसरमा महिलालाई दर खुवाएको छ । महालक्ष्मी नगरपालिका वडा नम्बर १ कटहरेमा तिज विशेष कार्यक्रम गरेर नाचगानसहित महिलालाई तिजको दर खुवाइएको हो ।

 

तिजमा माइत जान नपाउने महिलालाई लक्षित गरी विशेष कार्यक्रम गरेर दर खुवाइएको महालक्ष्मी नगरपालिकाका मेयर पर्शुराम नेपालले बताए । सो अवसरमा प्रतिनिधिसभा सदस्य राजेन्द्र राई, प्रदेशसभा सदस्य इन्द्रमणि पराजुली, उप–मेयर मञ्जु अधिकारीलगायतले महिलालाई तिजको शुभकामना दिए ।

 

कार्यक्रममा वडास्तरीय नृत्य प्रतियोगिता पनि गरियो । प्रतियोगितामा वडा नम्बर ५ प्रथम, वडा नम्बर ९ दोस्रो र वडा नम्बर ३ तेस्रो भएको मेयर नेपालका सचिवालय प्रमुख विष्णु दाहालले जानकारी दिए ।