close

काठमाडौं महानगरमा ६ जनाले रोजे नेकपा एकीकृत समाजवादी

काठमाडौं महानगरमा ६ जनाले रोजे नेकपा एकीकृत समाजवादी

Trulli
ADVERTISEMENT

काठमाडौं– काठमाडौं महानगरपालिकामा २ वडाध्यक्षसहित ६ जनाले नेकपा एकीकृत समाजवादी रोजेका छन् । महानगरको वडा १५ का वडाध्यक्ष ईश्वरमान डंगोल र सदस्य मैयालक्ष्मी महर्जनले माधव नेपाल नेतृत्वको पार्टी रोजेका हुन् । 

 

त्यस्तै, वडा नम्बर १४ मा वडाध्यक्ष शुद्धकुमार डंगोल र २ सदस्य निर्मला पुडासैनी एवं कृष्णप्रसाद घिमिरे छन् । यसबाहेक वडा नम्बर ६ बाट १ जना कार्यपालिका सदस्य सदस्यले नेकपा एकीकृत समाजवादी रोजेकी छन् । तर, निर्वाचन आयोगको आधिकारिक तथ्यांक आइनसकेकाले ठ्याक्कै संख्या छुट्टिइसकेको छैन । 

 

महानगरमा एमालेले १८ वटा वडा जितेको थियो । यसमध्ये २ वटा वडाले मात्रै नेकपा एकीकृत समाजवादीमा सनाखत गराएका छन् ।