close

संखुवासभामा जिसस प्रमुखसहित १५ जनप्रतिनिधिले रोजे एकीकृत समाजवादी 

संखुवासभामा जिसस प्रमुखसहित १५ जनप्रतिनिधिले रोजे एकीकृत समाजवादी 

Trulli
ADVERTISEMENT

किमाथाङ्का– संखुवासभाको जिल्ला समन्वय समिति प्रमुखसहित १५ जनप्रतिनिधिले एकीकृत समाजवादीको पक्षमा सनाखत गरेका छन् । मंगलबार दिउँसो जिल्ला निर्वाचन कार्यालयमा जिल्ला समन्वय समिति प्रमुख सुमन शाक्यसहित जनप्रतिनिधिले एकीकृत समाजवादीमा सनाखत गरेका छन् ।

 

जिल्ला निर्वाचन कार्यालयमा पुगेर जिल्ला समन्वय समितिका प्रमुख शाक्य, खाँदबारी नगरपालिका उपप्रमुख डेगेश्वरी श्रेष्ठ, पाँचखपन नगरपालिका–७ का वडाध्यक्ष कृष्णबहादुर खड्का, पाँचखपन नगरपालिका–८ का वडाध्यक्ष छत्रबहादुर न्यौपाने, सभापोखरी गाउँपालिका–५ वडाध्यक्ष याम सुब्बासहित १५ जनप्रतिनिधि एकीकृत समाजवादी सनाखत गरेको एकीकृत समाजवादी सङ्खुवासभाका नेता हेमराज घिमिरेले जानकारी दिए ।

 

त्यस्तै जिल्ला समन्वय समितिका सदस्य एक र वडा सदस्य नौ जनाले समेत एकीकृत समाजवादी सनाखत गरेका छन् । यसअघि सङ्खुवासभाका प्रदेशसभा सदस्य सरिता थापा, पदमकुमारी गुरुङ समाजवादी पार्टीमा सनाखत गराइसकेका छन् ।