close

राष्ट्रपति भण्डारीसमक्ष नवनियुक्त प्रधानसेनापति शर्माले लिए सपथ

राष्ट्रपति भण्डारीसमक्ष नवनियुक्त प्रधानसेनापति शर्माले लिए सपथ

Trulli
ADVERTISEMENT

काठमाडौं– राष्ट्रपति विद्यादेवी भण्डारीले नवनियुक्त प्रधानसेनापति प्रभुराम शर्मालाई महारथीको दज्र्यानी चिह्न प्रदान गरेकी छन् । राष्ट्रपति भवन शीतलनिवासमा बिहीबार आयोजित विशेष समारोहमा नेपाली सेनाका परमाधिपतिसमेत रहेकी राष्ट्रपतिसमक्ष नवनियुक्त प्रधानसेनापति शर्माले पद तथा गोपनीयताको शपथ लिए ।


नेपाली सेनाको ४४औँ प्रधानसेनापतिका रूपमा शर्माले तीन वर्षे कार्यकालका लागि बिहीबारदेखि औपचारिक रूपमा सैनिक नेतृत्वको जिम्मेवारी सम्हाल्नेछन् ।
समारोहमा प्रधानमन्त्री एवं रक्षामन्त्री शेरबहादुर देउवा, प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणा, सभामुख अग्निप्रसाद सापकोटा र राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिना सहभागी थिए ।


राष्ट्रपति भण्डारीले सरकारको सिफारिसमा उनलाई गत ११ भदौमा बिहीबारदेखि लागू हुने गरी प्रधानसेनापतिमा नियुक्त गरेकी हुन् । नवनियुक्त प्रधानसेनापति शर्माले जंगी अड्डामा निशान भगवतीको पूजार्चना गर्नेछन् । उनको सम्मानमा सैनिक टुकडीले प्रधानसेनापति सम्मान गारत अर्पण गर्नेछ ।


शर्माले बिहीबार नै पद वहाली, रथीवृन्दलाई सम्बोधन तथा सैनिक मञ्च टुँडिखेल र छाउनी पुगेर वीर सैनिकप्रति पुष्पहार अर्पण गर्ने कार्यक्रम छ । यसअघिका प्रधानसेनापति पूर्णचन्द्र थापाको तीनवर्षे कार्यकाल बिहीबार सकिएसँगै मुलुकले नयाँ प्रधानसेनापति पाएको हो ।