close

राप्तीमा विद्यार्थी, शिक्षक, कर्मचारी सम्मान

राप्तीमा विद्यार्थी, शिक्षक, कर्मचारी सम्मान

Trulli
ADVERTISEMENT

दाङ– ५५औँ अन्तर्राष्ट्रिय साक्षरता दिवस अवसर पारेर राप्ती गाउँपालिकाले विद्यार्थी, शिक्षक, कर्मचारीलाई सम्मान गरेको छ ।

 

पालिकाको युवा शिक्षा तथा खेलकुद शाखाको समन्वयमा विभिन्न कार्यक्रम आयोजना गरी उत्कृष्ट विद्यार्थी, शिक्षक, कर्मचारीलाई सम्मान गरिएको हो । 
कार्यक्रममा साक्षरता दिवस अवसर पारेर आयोजना गरिएको अतिरिक्त क्रियाकलापअन्तर्गतका उत्कृष्ट कविता वाचन, उत्कृष्ट निबन्ध वाचन, उत्कृष्ट लोकनृत्य प्रस्तुतीकरणका साथै उत्कृष्ट विद्यालय, प्रधानाध्यापक, शिक्षक, कर्मचारी तथा बालविकास सहयोगीलाई सम्मान तथा पुरस्कार वितरण गरियो । 

 

गाउँपालिकाले साक्षरता दिवस अवसर पारेर शैक्षिक सत्र २०७७ मा विषयगतमा उत्कृष्ट हुने ज्ञानोदय माध्यमिक विद्यालय पत्थरगढवाका सामाजिक शिक्षक मंगप्रसाद चौधरी, शंकर माध्यमिक विद्यालय पिपरीका अंग्रेजी शिक्षक रामकुमार चौधरीलाई सम्मान गरिएको हो ।


यस्तै, बाल प्रगति प्राथमिक विद्यालय तल्लो घोसखोलाकी विज्ञान शिक्षिका सरिता भट्टराई, ज्योति आधारभूत विद्यालय नयाँगाउँका गणित शिक्षक कुलराज जैसी     र आदर्श माध्यमिक विद्यालय लालमटियाकी नेपाली शिक्षिका दया भण्डारी सम्मानित भएका छन् । 


माध्यमिक विद्यालय मौरीघाटका सामाजिक शिक्षक तुलसीरामका सुवेदी, माध्यमिक विद्यालय मौरीघाटकै विज्ञान शिक्षक केशवराज आचार्य, सर्वोदय माध्यमिक विद्यालय सिसहनियाका    नेपाली शिक्षक गोपाल पौडेललालाई पनि सम्मान गरिएको छ ।


यसैगरी    माध्यमिक विद्यालय मौरीघाटका गणित शिक्षक सन्तोषकुमार नेपाली र नेपाल राष्ट्रिय माध्यमिक विद्यालय भालुवाङकी अंग्रेजी शिक्षिका बालिका न्यौपानेलाई सम्मान गरिएको छ । 


पालिकाले साक्षरता दिवस अवसर पारेर माध्यमिक तह कक्षा ९ र १० का शिक्षक     सर्वोदय माध्यमिक विद्यालय सिसहनियाका गणेशप्रसाद शर्मा, ज्ञानोदय माध्यमिक विद्यालय पत्थरगढवाका     मनोजकुमार चौधरी, ज्ञानोदय माध्यमिक विद्यालय पत्थरगढवाका विष्णुप्रसाद चौधरी,      माध्यमिक विद्यालय मौरीघाटका गणित शिक्षक शिवप्रसाद भुसाल, सर्वोदय माध्यमिक विद्यालय सिसहनियाका देउकुमार वली     र अंग्रेजी शिक्षक रमेश कँडेललाई सम्मान गरेको छ ।  

   
शैक्षिक सत्र २०७७ मा राप्ती गाउँपालिका क्षेत्रबाट उत्कृष्ट छनोट हुने विद्यालय, कर्मचारीतर्फ नेपाल राष्ट्रिय माध्यमिक विद्यालय भालुवाङका विधानचन्द्र अधिकारी र दुर्गाभवानी आधारभूत विद्यालय मसुरियाकी बाल विकास सहयोगी कार्यकर्ता मैनावति चौधरीलाई सम्मान गरियो । 

 

राप्तीको उत्कृष्ट विद्यालयमा सामुदायिकतर्फ आदर्श मावि लालमटिया     र संस्थागततर्फ सिरिनभ्याली पब्लिक स्कुल मौरीघाटले नगद तथा सम्मानपत्र प्राप्त गरे । 
उत्कृष्ट प्रधानाध्यापकतर्फ सामुदायिक आदर्श माध्यमिक विद्यालय लालमटियाका किरण पोख्रेल र संस्थागत विद्यालयतर्फ सिरिनभ्याली पब्लिक स्कुलका खिमबहादुर केसी उत्कृष्ट भए ।


गाउँपालिका स्तरीय विद्यार्थी प्रतिभा पहिचानअन्तर्गत निबन्ध प्रतियोगितामा ज्ञानोदय मावि पत्थरगढवाका विवेक चौधरी प्रथम, आदर्श मावि लालमटियाका     निरज केसी द्वितीय, नेपाल राष्ट्रिय मावि भालुवाङकी     गौमती घर्तीमगर र सिरिनभ्याली पब्लिक स्कुल मौरीघाटकी मेलिना थापा     तृतीय भए ।

 

कविता प्रतियोगितातर्फ नेपाल राष्ट्रिय मावि भालुवाङकी गौमती घर्तीमगर प्रथम, लिटिल एञ्जल स्कुल राप्ती भालुवाङका कृष्ण पाण्डे द्वितीय र     नेपाल राष्ट्रिय मावि भालुवाङका मुकुन्द्रराज रोका     तृतीय भए । 


चित्रकलातर्फ आदर्श मावि लालमटियाका शिशिर रानामगर प्रथम, रिभर राप्ती बोर्डिङ स्कुल भालुवाङकी मनीषा पुन     द्वितीय र मार्टिन एकेडेमी पत्थरगढवाकी निप्रियु चौधरीले तृतीय स्थान हासिल गरे ।

 

लोक नृत्यतर्फ मुनलाइट बोर्डिङ स्कुल लालमटियाकी    प्रतिष्ठा केसी प्रथम, नेपाल राष्ट्रिय मावि भालुवाङकी लीला पुन मगर, पुर्णिमा केसी, सुस्मिता राना, सुस्मिता खड्का, प्रेरणा मगर, पवित्रा मगरको टिम    द्वितीय र शंकर माध्यमिक विद्यालय पिपरीकी इन्सा चौधरीले     तृतीय स्थान प्राप्त गरे ।


 
कार्यक्रममा गाउँपाकिला अध्यक्ष नुमानन्द सुवेदी, उपाध्यक्ष जगदम्बाकुमारी चपौधरी, पालिकाको सामाजिक विकास समितिका संयोजक विद्याशरण चौधरी, प्रमुख प्रशासकीय अधिकृत शोभाराम रिजाललगायत सहभागी थिए ।