close

जानकीको ९ नम्बर वडा कार्यालय भवन शिलान्यास 

जानकीको ९ नम्बर वडा कार्यालय भवन शिलान्यास 

Trulli
ADVERTISEMENT

कैलाली– कैलालीको जानकी गाउँपालिका वडा नम्बर ९ को वडा कार्यालय भवन शिलान्यास गरिएको छ ।आफ्नै वडा कार्यालयबाट नागरिकलाई सहज सेवा प्रवाह गर्न वडा कार्यालय भवन निर्माण सुरु भएको हो । 

 

भवनको शिलान्यास गर्दै पालिका अध्यक्ष प्रदीपकुमार चौधरीले आफ्नै भवनबाट नागरिकलाई सेवा प्रवाह तथा प्रशासनिक कार्य गर्न वडा कार्यालय निर्माण सुरु गरिएको बताए । 

 

यसै आर्थिक वर्षभित्र पालिकाका वडा कार्यालय बनाउने गरी निर्माण अगाडि बढाइएको उनले जानकारी दिए ।

 

‘नागरिकलाई सहज हुने गरी पालिकाभरका वडा कार्यालय भवन निर्माणलाई तीव्रता दिएका छौँ’, उनले भने, ‘यसै आर्थिक वर्षभित्र गाउँपालिकामा वडा कार्यालय निर्माण सक्ने योजना छ ।’ 


पालिका उपाध्यक्ष उमा महतोले वडा कार्यालय भवन शिलान्यास गरेर मात्र नहुने हुँदा यसलाई पूर्णता दिन सबैको साथ सहयोग आवश्यक रहेको बताइन् । 

उक्त वडाले हाल क्लबको भवनबाट सेवा दिइरहेकामा आप्mनै भवन बनेपछि नागरिकलाई सहज हुने उनको विश्वास छ ।

 


वडाध्यक्ष खकेन्द्र भण्डारीले हालसम्म अरुण क्लबको साँघुरो भवनबाट सेवा प्रवाह गरिरहेकामा वडा कार्यालय बनेपछि कर्मचारी, सेवाग्राही दुवैलाई सहज हुने बताए ।


कार्यक्रममा वडा सदस्य विजय रावल, सुकोषा सार्कीलगायत उपस्थित थिए । वडा कार्यालयको २ तले भवन जानकी पालिका र जिल्ला समन्वय समितिको १ करोड ४३ लाख रुपैयाँको लागतमा निर्माण हुन लागेको हो ।