close

नेपाल टेलिकम सम्मानित 

नेपाल टेलिकम सम्मानित 

Trulli
ADVERTISEMENT

काठमाडौं– नेपाल टेलिकम सन् २०२१ का लागि नेपालको उत्कृष्ट दूरसञ्चार ब्रान्डको रूपमा सम्मानित भएको छ । बेलायती पत्रिका ग्लोबल बिजनेस आउटलुकले प्रत्येक वर्ष प्रदान गर्ने उत्कृष्ट टेलिकम कम्पनीको सूचीमा यो वर्ष नेपाल टेलिकम सम्मानित भएको हो ।


सार्वजनिक सूचीअनुसार दूरसञ्चारतर्फ नेपालसहित ८ देशका कम्पनीले अवार्ड पाएका छन् । यीमध्ये टेलिकम उत्कृष्ट दूरसञ्चार ब्राण्ड हुँदै ‘बेस्ट टेलिकम्युनिकेसन ब्रान्ड’ बनेको हो ।


टेलिकम फाइभजी नेटवर्क परीक्षणको तयारीमा छ भने देशभर फोरजी सेवा विस्तार गरिरहेको छ । कम्पनीले एफटीटीएचसमेत विस्तार गर्न तयारी गरिरहेको छ ।


साथै, मोबाइल सेवाप्रदायक कम्पनी एनसेलले पनि अवार्ड पाएको छ । एनसेलले सबैभन्दा सामाजिक संस्थागत उत्तरदायित्व जिम्मेवार वहन गर्ने दूरसञ्चार कम्पनीको अवार्ड पाएको हो